नेपालको नक्सा बिगारेर प्रयोग गरिए कारबाही गर्ने सरकारको चेतावनी



हाम्रो इकोनोमि

 

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले नेपालको आधिकारिक नक्सा मात्र प्रयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

 

नेपालको नक्सा त्रुटीपूर्ण ढंगले विभिन्न मन्त्रालयहरुमै प्रयोग गर्ने गरेको पाइएपछि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले आईतबार सरोकारवाला निकायसँग छलफल गरी नेपालको आधिकारिक नक्सामात्र प्रयोग गर्न सबैलाई आग्रह गरेको हो ।

 

त्रुटिपूर्ण रुपमा निशान छापमा समेत नेपालको नक्सा प्रयोगमा ल्याउने काम विभिन्न मन्त्रालयबाटै भएपछि त्यसलाई सच्याउन सम्बन्धित सबैलाई आग्रह गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।

 

उनले  अव पनि नेपालको नक्सा त्रुटिपूर्ण ढंगले प्रयोग गरेको पाइए कानुनी कारबाही गर्न मन्त्रालय बाध्य हुने चेतावनी पनि दिए ।

 

मन्त्रालयले नापी विभागले सार्वजनिक गरेको नेपालको आधिकारिक नक्सा प्रयोग गर्न पटक–पटक आग्रह गर्दै आएको छ । तर पनि त्रुटिपूर्ण नेपालको नक्सा प्रयोगमा ल्याउने काम नरोकिएपछि मन्त्रालयले यसलाई सच्याउन अनुगमनको कामलाई प्रभावकारी बनाउने र नेपालको आधिकारिक नक्साको चित्र छपाएर देशभर वितरण गर्ने अभियान पनि संचालन गर्ने योजना बनाएको छ ।

 

त्रुटिपूर्ण नेपालको नक्सा प्रयोगमा रोक लगाउन अनुगमनलगायतको कामलाई अघि बढाउन नापी विभागलाई निर्देशन दिइएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले जानकारी दिइन् ।

 

यता, नापी विभागले पनि विभागको वेबसाईट डब्लूडब्लूडब्लू डट डिओस डट जीओभी डट एनपीमा राखिएको नेपालको आधिकारिक नक्सा मात्रै प्रयोग गर्न सम्बन्धित सबै निकायलाई पुनः आग्रह गरेको छ ।

 

विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले विभागको आधिकारिक वेबसाइटमा राखिएको नेपालको सीमासहितको नक्सा प्रयोग गर्न पुनः आग्रह गरे ।

 

विभागले यस पनि पत्रकार सम्मेलन गरी विभागले तय गरेको नेपालको नक्सा प्रयोगमा ल्याउन सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...