नेपालको नक्सा बिगारेर प्रयोग गरिए कारबाही गर्ने सरकारको चेतावनी



हाम्रो इकोनोमि

 

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले नेपालको आधिकारिक नक्सा मात्र प्रयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

 

नेपालको नक्सा त्रुटीपूर्ण ढंगले विभिन्न मन्त्रालयहरुमै प्रयोग गर्ने गरेको पाइएपछि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले आईतबार सरोकारवाला निकायसँग छलफल गरी नेपालको आधिकारिक नक्सामात्र प्रयोग गर्न सबैलाई आग्रह गरेको हो ।

 

त्रुटिपूर्ण रुपमा निशान छापमा समेत नेपालको नक्सा प्रयोगमा ल्याउने काम विभिन्न मन्त्रालयबाटै भएपछि त्यसलाई सच्याउन सम्बन्धित सबैलाई आग्रह गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।

 

उनले  अव पनि नेपालको नक्सा त्रुटिपूर्ण ढंगले प्रयोग गरेको पाइए कानुनी कारबाही गर्न मन्त्रालय बाध्य हुने चेतावनी पनि दिए ।

 

मन्त्रालयले नापी विभागले सार्वजनिक गरेको नेपालको आधिकारिक नक्सा प्रयोग गर्न पटक–पटक आग्रह गर्दै आएको छ । तर पनि त्रुटिपूर्ण नेपालको नक्सा प्रयोगमा ल्याउने काम नरोकिएपछि मन्त्रालयले यसलाई सच्याउन अनुगमनको कामलाई प्रभावकारी बनाउने र नेपालको आधिकारिक नक्साको चित्र छपाएर देशभर वितरण गर्ने अभियान पनि संचालन गर्ने योजना बनाएको छ ।

 

त्रुटिपूर्ण नेपालको नक्सा प्रयोगमा रोक लगाउन अनुगमनलगायतको कामलाई अघि बढाउन नापी विभागलाई निर्देशन दिइएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले जानकारी दिइन् ।

 

यता, नापी विभागले पनि विभागको वेबसाईट डब्लूडब्लूडब्लू डट डिओस डट जीओभी डट एनपीमा राखिएको नेपालको आधिकारिक नक्सा मात्रै प्रयोग गर्न सम्बन्धित सबै निकायलाई पुनः आग्रह गरेको छ ।

 

विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले विभागको आधिकारिक वेबसाइटमा राखिएको नेपालको सीमासहितको नक्सा प्रयोग गर्न पुनः आग्रह गरे ।

 

विभागले यस पनि पत्रकार सम्मेलन गरी विभागले तय गरेको नेपालको नक्सा प्रयोगमा ल्याउन सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...