आलियालाई बुहारी बनाउन ऋषि कपुर भए राजी



हाम्रो इकोनोमि

 

ठुलो स्क्रिनमा गरिएको रोमान्स प्राय अभिनेता अभिनेत्रीहरूको जीवनको निजी अंश बन्ने गरेको छ l

त्यस्तै बलिउडमा अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर बिचको प्रेम सम्बन्ध कोही सामु लुक्न सकेको छैन ।

यी दुई एकअर्कासँग डेट गइरहेको खबर भारतीय मिडियामा आइरहन्छ ।

तर अभिनेत्री आलिया भट्टले आफूहरू प्रेममा नरहेको खुलासा गरेकी छिन् ।

केही समयअघि प्रेममा नरहेको खुलासा गरेता पनि यति बेला बलिउडमा यी दुईको विवाह हुन सक्ने खबरले माहोल गर्माएको छ ।

रणवीरका बाबु ॠषि कपुरले एक अन्तर्वातामा ”रणवीर कपुर र आलिया भट्ट प्रेम सम्बन्धलाई सहमत दिँदै रणवीर जसलाई चाहन्छ उसैसँग विवाह गर्न सक्छ, यो रणवीरको जीवन हो ।

आलियालाई नितु कपुर मन पराउँछिन् ।

म मन पराउँछु ।

रणवीर पनि मन पराउँछ” l
यसअघि, महेश भट्टले पनि यस सम्बन्धमा सहमत गरेका थिए l

पिता भएको नाताले मलाई खुसी लाग्छ आलिया आफ्नो काम आफै गर्न सक्छिन् l

यो उसको निजी मामला हो, जुन उसले आफैले निर्णय गरेकी छन् l

यही प्रसँगमा महेश भट्टलाई आलिया र रणवीरको विवाहबारे सोध्दा उनले ”मैले आफ्ना छोराछोरीको निजी जीवनको बारेमा कहिल्यै कुरा गरिनँ।”

मलाई लाग्छ कि उनीहरू सानै छन् तर यो उनीहरूको अधिकार भएको बताएका थिए l

हाल सम्म यी दुईको विवाहबारे कुनै जानकारी नरहेको तर यी दुईको सम्बन्ध मित्रता भन्दा अगाडि रहेको बलिउड सञ्जाल अमर उजालाले खुलासा गरेको छ l

यति बेला यी दुई आगामी चलचित्र ‘ब्रह्मामास्त्र’को सुटमा व्यस्त छन् l

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...