आलियालाई बुहारी बनाउन ऋषि कपुर भए राजी



 

ठुलो स्क्रिनमा गरिएको रोमान्स प्राय अभिनेता अभिनेत्रीहरूको जीवनको निजी अंश बन्ने गरेको छ l

त्यस्तै बलिउडमा अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर बिचको प्रेम सम्बन्ध कोही सामु लुक्न सकेको छैन ।

यी दुई एकअर्कासँग डेट गइरहेको खबर भारतीय मिडियामा आइरहन्छ ।

तर अभिनेत्री आलिया भट्टले आफूहरू प्रेममा नरहेको खुलासा गरेकी छिन् ।

केही समयअघि प्रेममा नरहेको खुलासा गरेता पनि यति बेला बलिउडमा यी दुईको विवाह हुन सक्ने खबरले माहोल गर्माएको छ ।

रणवीरका बाबु ॠषि कपुरले एक अन्तर्वातामा ”रणवीर कपुर र आलिया भट्ट प्रेम सम्बन्धलाई सहमत दिँदै रणवीर जसलाई चाहन्छ उसैसँग विवाह गर्न सक्छ, यो रणवीरको जीवन हो ।

आलियालाई नितु कपुर मन पराउँछिन् ।

म मन पराउँछु ।

रणवीर पनि मन पराउँछ” l
यसअघि, महेश भट्टले पनि यस सम्बन्धमा सहमत गरेका थिए l

पिता भएको नाताले मलाई खुसी लाग्छ आलिया आफ्नो काम आफै गर्न सक्छिन् l

यो उसको निजी मामला हो, जुन उसले आफैले निर्णय गरेकी छन् l

यही प्रसँगमा महेश भट्टलाई आलिया र रणवीरको विवाहबारे सोध्दा उनले ”मैले आफ्ना छोराछोरीको निजी जीवनको बारेमा कहिल्यै कुरा गरिनँ।”

मलाई लाग्छ कि उनीहरू सानै छन् तर यो उनीहरूको अधिकार भएको बताएका थिए l

हाल सम्म यी दुईको विवाहबारे कुनै जानकारी नरहेको तर यी दुईको सम्बन्ध मित्रता भन्दा अगाडि रहेको बलिउड सञ्जाल अमर उजालाले खुलासा गरेको छ l

यति बेला यी दुई आगामी चलचित्र ‘ब्रह्मामास्त्र’को सुटमा व्यस्त छन् l

प्रतिक्रिया दिनुहोस
बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग

नियमन सम्भव नभएपछि टिकटक प्रतिबन्ध : सञ्चार मन्त्रालय

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न

दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार

    दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उपत्यका बाहिरबाट आएका