प्रधानसेनापति पूर्णचन्द्र थापाले भने देश बिखण्डन गर्न खोजे नेपाली सेना चुप लाग्दैन



हाम्रो इकोनोमि

 

नेपाली सेनाको कमान्ड आइतबारदेखि प्रधानसेनापति पूर्णचन्द्र थापाले समालेका छन । प्रधानसेनापति भए लगत्तै उनले सीके राउत लगाएत अन्य देश बिरोधी कार्य गर्नेलाई तह लगाउने बताएका छन ।

 

देश बिखण्डन गर्न खोज्ने बिरुद्ध नेपाली सेना लाग्ने बताएका छन । मधेशमा केहि यस्ता देश बिखण्डन गर्न खोज्ने भुमिगत तत्व छन त्यसलाईपनि नेपाली सेनाले हेरीरहेको बताएका छन ।

 

नेपाली सेनाको कमान्ड आइतबारदेखि प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्हाल्दै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार महारथीको दज्र्यानी चिह्न लगाइदिएपछि थापाले जंगी अड्डा पुगेर नेतृत्व लिनेछन् । निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई सेनाले शुक्रबार बिदाई गरिसकेको छ ।

 

यी हुन् थापा

प्रधानसेनापति थापा २५ भदौ ०१७ मा लमजुङको गाउँसहरमा जन्मेका हुन् । उनी २७ मंसिर ०३७ मा सेनाको गोरखबहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त भएका थिए ।

 

‘३५ वर्ष लामो सैनिक सेवाको दौरान थापाले विभिन्न तहमा विविध कमान्ड तथा स्टाफ नियुक्तिहरू सम्हाल्नुका साथै देश तथा विदेशमा थुप्रै तालिम, सेमिनार एवं अभ्यासमा सहभागी हुनुभएको थियो,’ नेपाली सेनाको वेबसाइटमा उल्लेख छ, ‘उहाँले सेनानी दर्जामा अनाश्रित गुल्म श्रीजंग गुल्मको कमान्ड गर्नुको साथै जंगी अड्डामा स्टाफ अधिकृत र सैनिक शिक्षालयमा शिक्षक तथा डाइरेक्टिङ स्टाफको जिम्मेवारीसमेत सम्हाल्नु भएको थियो ।’

 

थापा २ जेठ ०६९ मा उपरथी भएका थिए । त्यसपछि उनी उपत्यका पृतनापति, कार्यरथी विभाग प्रमुख, सम्भाररथी विभाग प्रमुख भएका थिए । उनी २५ माघ ०७१ देखि २४ माघ ०७२ सम्म संयुक्त राष्ट्रसंघको मध्यपूर्वस्थित इजरायल तथा सिरियाको सिमानामा गोलान हाइट मिसनको फोर्स कमान्डर तथा मिसन प्रमुख थिए ।

 

 

निवर्तमान प्रधानसेनापति क्षत्रीको रुचिअनुसार तीनतारे रथी हुँदा थापाको म्याद एक वर्ष थपेर प्रधानसेनापतिको लाइनमा उनलाई उभ्याइएको थियो । तत्कालीन उपरथी प्रेमप्रकाश थापालाई महासेनानी हेम खत्रीको नक्कली सर्टिफिकेट काण्डमा बर्खास्त नभएको भए थापा उपरथीमै सेवा अवकाश हुने थिए ।

 

 

‘प्रेमप्रकाश थापा प्रधानसेनापति हुने निश्चित हुन्थ्यो, तर उनको बर्खास्तीसँगै थापालाई भावी प्रधानसेनापतिका रूपमा क्षत्रीले तयार पारेका हुन्,’ एक सैनिक अधिकारीले भने, ‘०७२ चैतमा तत्कालीन उपरथी विनोज बस्न्यातको म्याद नथपिएसँगै थापालाई प्रधानसेनापति बन्ने बाटो खुलेको थियो ।

 

’ बस्न्यातको म्याद थपेको अवस्थामा उनी प्रधानसेनापति हुने पक्का थियो । बस्न्यातलाई घर पठाएर थापाको एक वर्ष म्याद थपेपछि उनी प्रधानसेनापति हुने स्पष्ट थियो ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...