मेरो चरित्र हत्या गर्न भ्रामक प्रचार गरियो : नविना लामा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतृ तथा सांसद नबिना लामाले आफूलाई अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले हप्काएर फिर्ता पठाएको समाचार गलत भएको बताएकी छिन् । आफ्नो राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यले गलत समाचार प्रवाह गरिएको भन्दै उनले आपत्ती जनाएकी छिन् ।

 

विज्ञप्तिमार्फत सांसद लामाले केही सञ्चारमाध्यले नविना लामा अपराधको संरक्षणमा लागेको भन्दै समाचार प्रकाशित गरेको भन्दै आपत्ति जनाएकी हुन् । उनले भनेकी छिन्,‘समाचारमा आएको जस्तो प्रहरी प्रमुखले हप्काएको भन्ने बिषय कपोकल्पित र भ्रामक हो । यस सन्दर्भमा एसएसपी धिरज सिंहसँग पनि सत्य तथ्य बुझ्न सकिन्छ ।’

पक्राउ परेका गुन्डा सत्यमान लामालाई छुटाउन माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखा पुगेका लामालाई छुटाउन जादा एसएसपी सिंहले हप्काएको समाचार आएको थियो ।

लामाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नाम जोडेर समाचार लेखिएकोमा आपत्ती समेत प्रकट गरेकी छिन् । लामाले आफु प्रधानमन्त्री नजिकको भएकोले घटनाको बिवरण प्रधानमन्त्रीलाई समेत जानकारी गराएको र उनलाई छुटान प्रधानमन्त्रीले आफुलाई पठाएको भन्दै लामालाई छोड्नुपर्ने निर्देशात्मक दवाब दिएको खबर आएको थियो ।

 

उनको विज्ञप्ती जस्ताको जस्तै  :-
आजभोली केही मिडिया नेकपा सरकार र मेरो ब्यक्तिगत राजनीतिक चरित्र हत्या गर्ने ढंग बाट अगाडि बढेको देख्दा अचम्म लागिरहेको छ । मेरा जीवन संघर्ष र राजनीतिक यात्रा एउटा खुल्ला किताबका पाना जस्तै छर्लङ्ग छ ।

 

हामी राजनीतिकर्मीहरु समाज निर्माणको महान् यात्रामा छौ । यदाकदा बाधा व्यवधान हुनु स्वभाविक हो । तर सम्माननिय प्रधानमन्त्री ज्यु सँगको समेत नाम जोडेर केही सञ्चार माध्यमहरुमा कपोकल्पित मनगडन्ते र भ्रामक समाचारहरु सम्प्रेषण भएको प्रति मेरो गम्भीर आपत्ती रहेको छ र हामी कुनै पनि प्रकारका अपराधमा संलग्न अपराधीहरु को संरक्षण गर्दै नेता हुनु पर्ने कुनै जरुरत छैन ।

हामी निरन्तर को बलिदानी पुर्ण संघर्ष को मैदान बाट हुर्कदै आएको राजनीति कर्मी हौं।जुन नियबस मेरो चरीत्र माथी बारम्बार प्रश्न उठ्ने हिसाबले समाचार संप्रेसन भएको देखिरहेको छु त्यो सबै नितान्त पुर्वाग्रह पुर्ण देखिन्छ ।

 

समाचारमा आएको बिषय माथि म केही प्रष्ट पार्न चाहन्छु।सत्य लामा काभ्रेको तिमाल क्षेत्रको नेकपा समर्थक कार्यकर्ता हो र मुद्दा लगाउने भाइ पनि नेकपा समर्थक कर्याकर्ता र मेरो आफन्त पनि भएको हुदा एक आपसमा मिलेर आउदा के हुन्छ भनी सम्बन्धित फाटका प्रहरी प्रमुखलाई सोध्दा यो त राम्रो कुरा हो उहाँहरू दुबै मिलेर आउने कुरा सकारात्मक हुन्छ भन्ने जवाफ दिनुभएको हो ।

 

समाचारमा आएको जस्तो प्रहरी प्रमुखले हप्काएको भन्ने बिषय कपोकल्पित र भ्रामक हो।यश सन्दर्भमा एस पी धिरज सिंहसँग पनि सत्य तथ्य बुझ्न सकिन्छ । कुनै ब्यक्तीलाई छुट्याउनु भन्दा पनि सामान्य आपसी भनाभनको घटना भएको र दुबै चिनजानका सम्बन्ध रहेकोले उहाँहरूकै आग्रहमा मध्यस्थता सम्म गरेको हुँ ।

 

जसरी समाचार सम्प्रेषण भएको छ घटना बिल्कुल फरक भएको जानकारी गराउदै यस्ता भ्रामक समाचार सम्प्रेषण प्रती घोर भ्रत्सना सहित खेद प्रकट गर्न चहान्छु । हार्दिक धन्यवाद सहित !!

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...