गुट र गिरोहले पार्टी एकीकरणलाई अल्झायो : नारायणकाजी श्रेष्ठ



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको गुट र गिरोहका कारण तल्लो कमिटीको एकीकरणलाई अल्झाइरहेको बताएका छन् ।

 

मदन भण्डारी एसियाली विद्यालयका विद्यार्थीहरुसँगै शुक्रबार सिन्धुली आएका श्रेष्ठले पार्टी एकतापछिको मुख्य राजनीतिक कार्यभार पूरा गर्न पनि तल्लो तहसम्म एकीकरण हुनुपर्नेमा जोड ताए । तर वर्तमान गुट र गिरोहका कारण समयमा एकीकरण नसकिएको उनले खुलासा गरेका छन् ।

 

‘तत्कालीन माओवादी–माअ‍ेवादी, तत्कालीन एमाले–एमाले र तत्कालीन एमाले–माओवादीबीचमै हुने गरेको गुट र गिरोह अझै पनि कायमै रहेकाले पार्टी एकीकरणको कार्यभार पूरा हुन सकेको छैन’, उनले थपे, ‘यसको छिट्टै अन्त्य गर्दै तल्लो कमिटीसम्म एकीकरण प्रक्रियालाई टुङ्गोमा पु¥याइने छ ।’

 

पार्टी एकीकरण र राजनीतिक कार्यभार पुरा गर्न पार्टी भित्र विधि र पद्धती बनाउनुपर्ने भन्दै श्रेष्ठले पार्टीभित्र गुट र गिरोहको अन्त्य गरिने समेत उद्घोष गरे । ‘पार्टी व्यक्ति–व्यक्तिले चलाउने प्रवृत्तिको अन्तय गर्दै केही दिनमै गिरोहहरुलाई निस्तेज पार्छौ’, उनले भने, ‘यही भदौ २७ गतेभित्र पार्टीको सांगठनिक एकीकरणको प्रक्रिया टुङ्गोमा पुग्छ ।’

 

गिरोहले पार्टी नचल्ने भन्दै विधि र पद्धतिमा चले दुनियाँका कुनै शक्तिले हल्लाउन नसक्ने पनि श्रेष्ठको दाबी छ । ‘पार्टीभित्र व्यक्तिगत स्वार्थका लागि गिरोहको बिगबिगी छ’, उनले थपे, ‘यस्ता गुट र गिरोहबाट भजनमण्डली बनाउनेहरुलाई पार्टीभित्र छिट्टै निस्तेज पारिने छ ।’

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...