गुट र गिरोहले पार्टी एकीकरणलाई अल्झायो : नारायणकाजी श्रेष्ठ



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको गुट र गिरोहका कारण तल्लो कमिटीको एकीकरणलाई अल्झाइरहेको बताएका छन् ।

 

मदन भण्डारी एसियाली विद्यालयका विद्यार्थीहरुसँगै शुक्रबार सिन्धुली आएका श्रेष्ठले पार्टी एकतापछिको मुख्य राजनीतिक कार्यभार पूरा गर्न पनि तल्लो तहसम्म एकीकरण हुनुपर्नेमा जोड ताए । तर वर्तमान गुट र गिरोहका कारण समयमा एकीकरण नसकिएको उनले खुलासा गरेका छन् ।

 

‘तत्कालीन माओवादी–माअ‍ेवादी, तत्कालीन एमाले–एमाले र तत्कालीन एमाले–माओवादीबीचमै हुने गरेको गुट र गिरोह अझै पनि कायमै रहेकाले पार्टी एकीकरणको कार्यभार पूरा हुन सकेको छैन’, उनले थपे, ‘यसको छिट्टै अन्त्य गर्दै तल्लो कमिटीसम्म एकीकरण प्रक्रियालाई टुङ्गोमा पु¥याइने छ ।’

 

पार्टी एकीकरण र राजनीतिक कार्यभार पुरा गर्न पार्टी भित्र विधि र पद्धती बनाउनुपर्ने भन्दै श्रेष्ठले पार्टीभित्र गुट र गिरोहको अन्त्य गरिने समेत उद्घोष गरे । ‘पार्टी व्यक्ति–व्यक्तिले चलाउने प्रवृत्तिको अन्तय गर्दै केही दिनमै गिरोहहरुलाई निस्तेज पार्छौ’, उनले भने, ‘यही भदौ २७ गतेभित्र पार्टीको सांगठनिक एकीकरणको प्रक्रिया टुङ्गोमा पुग्छ ।’

 

गिरोहले पार्टी नचल्ने भन्दै विधि र पद्धतिमा चले दुनियाँका कुनै शक्तिले हल्लाउन नसक्ने पनि श्रेष्ठको दाबी छ । ‘पार्टीभित्र व्यक्तिगत स्वार्थका लागि गिरोहको बिगबिगी छ’, उनले थपे, ‘यस्ता गुट र गिरोहबाट भजनमण्डली बनाउनेहरुलाई पार्टीभित्र छिट्टै निस्तेज पारिने छ ।’

प्रतिक्रिया दिनुहोस
केपी ओली र प्रचण्डबीच गोप्य भेटवार्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल...

चीन जाने तयारीमा रवि लामिछाने

    रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी...

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...