प्रचण्डले भारतीय गृहमन्त्रीलाई भने, ‘सिमानामा नेपालीमाथिको लुटपाट रोक्नुहोस्’



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहलाई सिमानमा हुने नेपालीमाथिको लुटपाट रोक्न आग्रह गरेका छन् । उनले भारत नेपालबीचको सिमानामा नेपालीमाथि व्यापक लुटपाट भइरहेको भन्दै यस्तो रोक्न भनेका हुन् ।

शुक्रबार दिउँसो सिंहको भेटमा अध्यक्ष प्रचण्डले भारतमा काम गरेर नेपाल फर्किने क्रममा विशेष गरी चाडपर्वको समयमा धेरै नेपालीलाई भारतीय सुरक्षाकर्मी र सर्वसाधरणले लुट्ने गरेको गुनासो आएको उल्लेख गर्दै यो रोक्न पहल गर्न आग्रह गरे ।

प्रचण्डको चासोपछि गृहमन्त्री सिंहले सीमाक्षेत्रका सबै अधिकारीहरुलाई तत्कालै खबर गरी अबका दिनमा यस्ता घटना हुन नदिने विश्वास दिलाएका थिए ।

भेटमा नेपाल–भारत सम्बन्धमा अहिले सकारात्मक वातावरण बनेको भन्दै नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्नेबारेमा छलफल भएको दाहालको सचिवालयले जानकारी दिएको छ ।

प्रवासी नेपालीसँग छलफल
अध्यक्ष प्रचण्डले शुक्रबार बिहानै प्रवासी नेपालीसँग भएको छलफलमा प्रवासीहरुले सीमाक्षेत्रमा नेपालीमाथि हुने गरेका लुटपाटका घटनाबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रवासी नेपालीहरुको आज छलफलमा प्रचण्डले यो समस्या भारतीय सरकारसँग राख्ने बताएका थिए ।

छलफलमा प्रचण्डले अगाडि सारेको विकास योजनाको पक्षमा वातावरण बनाउन, नेपाल भारतबीच भएका सम्झौताहरु कार्यान्वयन गराउन र नेपाल भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन आफू भारत आएको बताएका थिए । उनले हाल दुई देशका बीचको सम्बन्धमा सकारात्मक विकास भएको पनि उल्लेख गरे ।

उनले बदलिएको परिस्थितिमा नेपाली कार्यवहाक राजदूत र कर्मचारीलाई अझ सक्रियतापूर्वक र गम्भीरतापूर्वक कार्यसम्पादन गर्न आग्रह समेत गरे ।

कार्यक्रममा प्रवासी नेपालीहरुले बैंक खाता, भोटर आइडी, इस्योरेन्स लगायतका समस्याका बारेमा पनि समाधानका लागि पहल गर्न अनुरोध गरेका थिए ।

अजित डोभालसँग डिनर मिटिङ
भारत भ्रमणमा रहेका प्रचण्डले यसअघि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेट गरेका थिए । बिहीबार साँझ उनीहरुबीच भेट भएको हो । भेटका अवसरमा दुई पक्षीय सम्बन्धका बिषयमा छलफल भएको थियो ।

पछिल्लो दुई देशका बीचमा बढ्दै गएको सम्बन्ध र हार्दिकता सुदृढ गर्ने र दुई देशबीच पछिल्लो चरणमा भएका सहमति र समझदारीहरुलाई छिटोभन्दा छिटो तालिका अनुसार कार्यान्वयनमा लैजाने बिषयमा छलफल छलफल भएको जनाइएको ।

बिहीबार दिल्ली पुगेका दाहाल र डोभालबीच साँड झण्डै तीन घण्टा लामो डिनर मिटिङ भएको थियो ।

प्रतिक्रिया दिनुहोस
केपी ओली र प्रचण्डबीच गोप्य भेटवार्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल...

चीन जाने तयारीमा रवि लामिछाने

    रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी...

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...