रसिया शिखर बैठकमा सहभागी हुँदै चिनियाँ राष्ट्रपति, उत्तर कोरियाली नेता किमसँग पनि वार्ता हुने



हाम्रो इकोनोमि

 

 

चिनियाँ राष्ट्रपति सी जिनपिङ अर्को साता रसियामा आयोजना हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । जापान र दक्षिण कोरियाका प्रधानमन्त्री पनि सहभागी हुने उक्त सम्मेलनमा उत्तर कोरियाली नेता किम जोङ उनलाई पनि आमन्त्रण गरिएको छ ।

 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किमलाई रुसको भ्लाडिभोस्टकमा आयोजना हुने पूर्वी आर्थिक मञ्चमा सहभागी हुन आमन्त्रण गरेका छन् । सम्मेलन यही सेप्टेम्बर ११–१३ मा हुँदै छ ।

 

किमले भने सहभागिताबारे घोषणा गरेका छैनन् । तर, उनको सहभागिताले अन्तर्राष्ट्रिय जगतमा प्योङयाङको उपस्थिति बलियो हुनेछ ।

 

चिनियाँ अधिकारीहरूले सम्मेलनका क्रममा राष्ट्रपति सी जिनपिङले अरू नेताहरूसँग अलगअलग भेटघाट गर्ने–नगर्नेबारे स्पष्ट भइनसकेको बताए ।

 

चीनका विदेश सहायकमन्त्री झाङ हानहुइले अरू मुलुकबाट भेटघाटको प्रस्ताव आए त्यसलाई सकारात्मक लिइने संवाददाताहरूलाई बताए । यसै वर्ष उत्तर कोरियाली नेता किमसँग राष्ट्रपति सीले तीनपटक भेट गरिसकेका छन् ।

 

राष्ट्रपति सीले चिनियाँ वरिष्ठ सांसद ली झान्सुलाई यही साता उत्तर कोरियाको ७०औँ वार्षिकोत्सवमा सहभागी हुन प्योङयाङ पठाएका थिए । यो वार्षिकोत्सवमा चिनियाँ राष्ट्रपति सहभागी हुने धेरैले अनुमान लगाएका थिए ।

 

उत्तर कोरियाका सन्दर्भमा ‘रोलर–कोस्टर कूटनीति’ अवलम्बन गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मात्र उत्तर कोरियाको आणविक निःशस्त्रीकरणसम्बन्धी वार्ता जीवितै रहेको संकेत गर्नुभएको छ ।

 

राष्ट्रपति सी भ्लाडिभोस्टकमा मंगलबार र बुधबार रहनेछन् । रसियाले आयोजना गरेको वार्षिक आर्थिक मञ्चको बैठकमा चिनियाँ नेताको यो पहिलो सहभागिता हो ।

 

बैठकमा चीन र जापानबीच सन् २०१२ देखि बिग्रिएको सम्बन्धमा केही सुधार आएको छ । हालैका महिनामा दुवै पक्षबीच उच्चस्तरको भ्रमण हुने क्रम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...