भारतमा नेपालीले भोग्दै आएका समस्या छिटै समाधान हुन्छ : प्रचण्ड



हाम्रो इकोनोमि

 

भारत भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भारतमा काम गर्ने नेपालीका समस्या चाँडै समाधान हुने बताएका छन् ।

 

भारत भ्रमणका क्रममा आज नेपाली राजदुतावासमा अखिल भारत नेपाली एकता मञ्च र प्रवासी नेपालीसंघका प्रतिनिधिसँगको छलफलमा प्रचण्डले भने, ‘भारतमा काम गर्ने तल्लो तहका कामदारदेखि स्वतन्त्र तरिकाले व्यवसाय सञ्चालन गर्ने नेपाली कामदारका विषयमा डिनर मिटिङमा यहाँका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोबलसँग कुराकानी भएको छ ।’

 

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिले दुवै देशमा बहुमतको सरकार रहेकाले भारतमा नेपाली कामदारले भोग्दै आएका समस्या समाधान हुने आश्वासन दिए । उनले सल्लाहाकार डोबलसँग झण्डै ३ घण्टा नेपालीका समस्या, दुई देशबीच भएका सम्झौताका बारेमा छलफल भएको पनि बताए ।

 

प्रचण्डले नेपाल र भारतबीच भएका विभिन्न सम्झौता र समझदारीमा केन्द्रित आफ्नो भ्रमण रहेकोसमेत बताएका छन् । प्रचण्डले भने,‘भारतले पटकपटक गरेका प्रतिवद्धतालाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको छ ।’

 

प्रचण्डले भने, ‘प्रधानमन्त्री मोदीले नेपाल भ्रमणका बेला १ खर्ब सहयोग गर्ने भनिए पनि राम्रोसँग कार्यान्वयन भएको छैन । यो कार्यान्वयन हुनुपर्यो, भूकम्प पीडितलाई दिने भनिएको सबै आर्थिक सहयोग पुगेको छैन ।

 

यसलाई पनि छिट्टै कार्यान्वयनमा ल्याउनुपर्ने, हुलाकी राजमार्ग तथा ठूला परियोजना लगायतका विषयमा पनि मेरो र सुरक्षा सल्लाहाकारबीच छलफल भयो ।’

 

अध्यक्ष प्रचण्ड एयर इन्डियाको उडान नम्बर एआई २१६ बाट हिजो साँझ दिल्ली पुगेका थिए । प्रचण्डले शनिबार दिउँसो साढे १२ बजे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग ७ लोककल्याण मार्गस्थित प्रधानमन्त्रीनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

 

दिल्ली जानुअघि पत्रकारसँग कुरा गर्दै प्रचण्डले नेपाल र भारतबीच यसअघि भएका सम्झौता र सहमति कार्यान्वयनमा जोड दिने बताएका थिए ।

 

शनिबार दिउँसो साढे १ बजे प्रचण्डको सम्मानमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले दिवाभोज आयोजना गरेकी छन् । साँझ इन्डिया फाउन्डेसनद्वारा आयोजित विद्वत् समारोहलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

प्रचण्डको सम्मानमा बिहीबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले रात्रिभोज आयोजना गरेका छन् । डोभालले प्रचण्डसँग शिष्टाचार भेट पनि गरेका छन् ।

 

शुक्रबार साढे १२ बजे भारतका गृहमन्त्री राजनाथ सिंहले प्रचण्डसँग शिष्टाचार भेट गर्दै छन् । उनले साँझ ६ः३० बजे पिएचडिसिसिआईद्वारा आयोजित भारतीय उद्योगी व्यवसायीसँगको अन्तरक्रियामा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...

विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच...

रास्वपाकी सांसद भट्टराईलाई कारबाही हुनसक्ने

    रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण...

एमालेलाई डिजिटल शक्तिमा लान नसक्दा गम्भीर धक्का : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव स्रोतलाई डिजिटल शक्तिमा लान...