प्रकाण्डलाई प्रहरीले देश दौडाहामा लैजाँदै, भोजपुरबाट दाङ लगियो



हाम्रो इकोनोमि

 

नेन्द्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लाई हेटौँडाबाट दाङ लगिएको छ ।

प्रहरीले बिहिबार राति उनलाई हेटौंडा ल्याएको थियो । पटक पटक सर्बोच्च अदालतको आदेश अवज्ञा गरी पक्राउमा परेका प्रकाण्डलाई भोजपुरबाट हेटौँडा ल्याइएको थियो ।

जिल्ला अदालत भोजपुरमा थुनछेक बहसपछि रिहा गर्न आदेश दिए पनि पक्राउ परेका प्रकाण्डलाई दाङ लैजाने क्रममा हेटौँडा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाण्डलाई विभिन्न जिल्लामा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्दा अन्तरगत प्रहरीले अदालतमा उपस्थित गराउँदै आएको छ ।

नुवाकोटमा रहेका प्रकाण्डलाई मंगलबार काठमाडौंबाट विराटनगरसम्म विमानबाट र त्यहाँबाट गाडीको बाटो हुँदै राति ११ बजे भोजपुर पुर्याइएको थियो ।

यसअघि उनलाई काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...