‘पहिलो नम्बरमा’को सफलतामा दीपक–दिपाले काटे करोडको केक !



हाम्रो इकोनोमि

 

यही आउँदो दसैँमा रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को पहिलो गीत ‘पहिलो नम्बरमा’ सफल भएपछि छक्का पन्जा टिमले केक काटेर सेलिब्रेसन गरेको छ ।

बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै चलचित्र युनिटले केक काटेर सेलिब्रेसन गरेको हो ।

यो गीतले छोटो समयमा युट्युबमा एक करोड बढी भ्युज कमाउन सफल भएको छ ।

गीतमा दीपक शर्माको सङ्गीत, राजेन्द्र थापाको शब्द रहेको छ भने डेविड शङ्कर र विन्दु परियारको स्वर रहेको छ ।

चलचित्रको अर्को गीत आउँदो साता सार्वजनिक हुने निर्माण पक्षले जानकारी दिएको छ भने ट्रेलर असोजको पहिलो साता रिलिज हुने छ ।

चलचित्र छक्का पन्जा ३ लाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

चलचित्रमा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामांग, प्रियंका कार्की, संजोग कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...