‘पहिलो नम्बरमा’को सफलतामा दीपक–दिपाले काटे करोडको केक !



 

यही आउँदो दसैँमा रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को पहिलो गीत ‘पहिलो नम्बरमा’ सफल भएपछि छक्का पन्जा टिमले केक काटेर सेलिब्रेसन गरेको छ ।

बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै चलचित्र युनिटले केक काटेर सेलिब्रेसन गरेको हो ।

यो गीतले छोटो समयमा युट्युबमा एक करोड बढी भ्युज कमाउन सफल भएको छ ।

गीतमा दीपक शर्माको सङ्गीत, राजेन्द्र थापाको शब्द रहेको छ भने डेविड शङ्कर र विन्दु परियारको स्वर रहेको छ ।

चलचित्रको अर्को गीत आउँदो साता सार्वजनिक हुने निर्माण पक्षले जानकारी दिएको छ भने ट्रेलर असोजको पहिलो साता रिलिज हुने छ ।

चलचित्र छक्का पन्जा ३ लाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

चलचित्रमा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामांग, प्रियंका कार्की, संजोग कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग

नियमन सम्भव नभएपछि टिकटक प्रतिबन्ध : सञ्चार मन्त्रालय

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न

दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार

    दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उपत्यका बाहिरबाट आएका