हलमा प्रदीपको ‘रोज’ र पूजाको ‘रामकहानी’, कुन हेर्ने?



हाम्रो इकोनोमि

 

भदौ २२ गते, शुक्रबारबाट दुई नेपाली फिल्म ‘रामकहानी’ र ‘रोजी’ प्रदर्शनमा आएका छन् ।

यी दुई फिल्महरु स्टार र प्रचार प्रसारका कारण चर्चा र प्रतिक्षामा छन् ?

निर्माणदेखि नै चर्चामा रहेका ‘रामकहानी र ‘रोज’ले दर्शकलाई हलमा आकर्षण गर्लान् ?

एकसाथ प्रदर्शनमा आएका ‘रामकहानी’ र ‘रोज’ मध्ये व्यापारिक रुपमा कुन अगाडी होला ?

दर्शकले कुन फिल्मलाई ताली देलान् ?

कुनलाई गाली ?

कसले लामो यात्रा तय गर्लान् ? प्रतिक्षा गरौं ।

यतिबेला भने ‘रामकहानी’ र ‘रोज बारे’ छोटो चर्चा गरौं ।

पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे माग्ने बुढा र जितु नेपाल स्टारर रामकहानीले दर्शकलाई रिझाउला ?

लभ स्टोरी फिल्मका अब्बल निर्देशक सुदर्शन थापा कमेडी जनरामा पनि सफल होलान् ? कि उनले थप गृहकार्य गर्नुपर्ला ?

लभस्टोरी र कमेडी युक्त फिल्म रामकहानीप्रति यी र यस्तै खाले प्रश्न उब्जिरहेका छन् ।

यी प्रश्नको जवाफ शुक्रबार साँझसम्म दर्शकले दिने नै छन् ।

यता युवा स्टार प्रदीप खड्का ‘रोज’ मार्फत दर्शकमाझ भिन्न भूमिकामा आएका छन् ।

चकलेटी हिरोलाई दर्शकले क्रिमिनल व्वोय को रुपमा रुचाउँलान् ?

प्रेम गीत, यसको सिक्वेल र लिलिबिली का दर्शकलाई प्रदीपले पुनः हलमा तान्लान् ?

यी र यस्तै प्रश्नले रोज फिल्म प्रदीपको काँधमा चढेको छ ?

प्रदीपका लागि रोज कत्तिको भारी होला ? यसको जवाफ पनि दर्शकले शुक्रबार साँझम्म नै दिनेछन् ।

निरक पौडेल निर्देशित फिल्ममा प्रदीपसँगै पारमिता राज्यलक्ष्मी राणा र मिरुना मगर मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...