यस्तो गेमप्लानमा स्वास्थ्य मन्त्री यादव, प्रचण्डलाई दिल्लीमा कुर्दै, एयरपोर्टमा यी नेतालाई प्रचण्डले दिए खतरानाक निर्देशन !



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण शंकास्पद बन्दै गएको छ ।

 

सरकारका स्वास्थ्य मन्त्री उपेन्द्र यादव भारतमै रहेका बेला पारेर प्रचण्ड भारत भ्रमणमा निस्कनुले पनि भ्रमणले नेपाली राजनीतिलाई थप धुमिल्याउने संकेत देखा परेकाे जानकारहरु बताउँछन् ।

 

प्रचण्डले नेकपामा केहि परिवर्तनको संकेत दिदैँ भारत उडेका छन् । सरकारका मन्त्रीहरुलाई आफ्नो अर्काको नभनेर जो सुकै पर्ने गरि परिवर्तन हुन सक्ने जनाएका उनी भारत भ्रमण सके लगत्तै चीन भ्रमणमा निस्कनु र स्वास्थ्य मन्त्री यादवले प्रचण्डलाई भारतमै कुरेर बस्नुले अन्याैलता थए सिर्जना गरेको छ ।

 

प्रचण्डले सरकारका मन्त्रीहरु परिवर्तन गर्ने संकेत मात्र दिएर हिड्दै गर्दा प्रधानमन्त्री केपी शर्मा आेली भने अलमलमा परेको स्रोतको दावी छ ।

 

नेकपा उच्च स्रोतका अनुसार प्रचण्डलाई विदाई गर्न एयरपोर्टसम्म पुगेका नेताहरु नारायण काजी श्रेष्ठ, सुवास नेम्वाङ, विष्णु रिमाल लगायतका अन्य नेताहरुले सरकार र पार्टीको नेतृत्व गरिदिन प्रचण्डलाई आग्रह समेत गरेको बुझिएको छ ।

 

तर, भारतले मन्त्री यादव र प्रचण्डलाई एकतामा दवाव दिने संकेत दिएर प्रचण्डलाई थप बलियो बनाएर आेलीलाई साइजमा ल्याउने नीति लिएको समेत स्रोतको दावी छ ।

 

यता पार्टीका तल्ला कमिटीको एकता भद्रगोल अवस्थामा रहेका बेला प्रचण्ड भारत भ्रमणमा निस्कनुले नेकपा भित्रै सनसनी मच्चिएको छ ।

 

दिल्ली प्रस्थान गरेका प्रचण्डले भारतका विभिन्न नेताका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र विदेश मन्त्री सुष्मा स्वराजसंग भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ ।

 

भारतीय नेताहरुसंगको भेटवार्ताले पार्टी र सरकारको नेतृत्वबारे विशेष योजना बनाएर प्रचण्ड नेपाल फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
चीन जाने तयारीमा रवि लामिछाने

    रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी...

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...