गोरखापत्रमा कागज खरिदमा ब्यापक घोटाला : छानविन समिति



हाम्रो इकोनोमि

 

सरकारी स्वामित्वमा रहेको गोरखापत्र संस्थानमा कागज खरिदमा ब्यापक घोटाला भएको पाइएको छ ।

 

नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयद्वारा जेठ ४ गते गठन गरिएको गोरखापत्र संस्थानको समग्र अध्ययन तथा छानवीन समितिले गरेको अध्ययनबाट सो तथ्य फेला परेको हो ।

 

विष्णु रिजाल संयोजक रहेको ६ सदस्यीय समितिले तयार गरेको प्रतिवेदनमा संस्थानका केही कर्मचारी र प्रिन्टसेल इमेजिङ प्रा.लिको मिलेमतोमा कागज खरिदमा ब्यापक घोटाला भएको निश्कर्ष निकालिएको छ ।

 

समितिले सार्वजनिक खरिद ऐन अनुसार प्रिन्टसेल इमेजिङ प्रा.लि.लाई कालोसूचीमा राख्न र सम्झौता विपरीत २६ लाखभन्दा बढी रकम भुक्तानी दिने प्रकृयामा संलग्न संस्थान पदाधिकारी तथा कर्मचारीहरूलाई प्रचलित कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको छ ।

 

कागजको गुणस्तरबारे अध्ययन तथा छानबीन गर्ने कार्यादेशनुसार समितिले आर्थिक वर्ष २०७१/७२, २०७२÷७३ र २०७३/७४ को न्युजप्रिन्ट खरिदको सम्झौता मगाई समितिले अध्ययन तथा छानवीन ग¥यो । संस्थानले आर्थिक वर्ष २०७१/७२ मा संस्थानले साल्ट ट्रेडिङ कर्पोरेशन, आर्थिक वर्ष २०७२/७३ मा सयपत्री ट्रेड लिङ्क र आर्थिक वर्ष २०७३/७४ मा प्रिन्टसेल इमेजिङ प्रा.लि.सँग सम्झौता गरी न्युजप्रिन्ट खरिद गरेको थियो ।

 

यी तीन सम्झौतामध्ये संस्थान र प्रिन्टसेल इमेजिङ प्रा.लि. बीच भएको सम्झौता अरु दुई सम्झौता भन्दा फरक छ । उक्त सम्झौताको मूल्य बुँदामा प्रतिटन ५८० अमेरिकी डलर र एक हजार टन न्युजप्रिन्टका लागि कलकत्ता हल्दियादेखि काठमाडौंसम्मको ढुवानी र भन्सार शुल्क बापत एक करोड पचास लाख रुपियाँ थप रकम संस्थानले प्रिन्टसेल इमेजिङ प्रा.लि.लाई दिनुपर्ने उल्लेख छ । सम्झौतापत्रमा भन्सार छुटबारे उल्लेख छैन ।

 

सम्झौता बमोजिम जेन्जु पेपर कर्पोरेसन, दक्षिण कोरियाबाट एक हजार मेट्रिक टन कागजमध्ये प्रथम लटमा २८८.९९ मेट्रिक टन, दोस्रो लटमा २९०.०२२ मेट्रिक टन र तेस्रो लटमा ३७०.१५३ मेट्रिक टन न्युजप्रिन्ट कागज आएको देखिन्छ । यसरी तीन लटमा कुल ९४९.१६५ मेट्रिक टन न्युजप्रिन्ट पैठारी भएको देखिन्छ ।

 

सम्झौताअनुसार एक हजार मेट्रिक टन कागजको कलकत्तादेखि काठमाडौंसम्मको ढुवानी र भन्सार शुल्क बापत गोरखापत्र संस्थानले रु. १ करोड ५० लाख प्रिन्टसेल इमेजिङ प्रा.लि.लाई बुझाउनुपर्छ । तर ९४९.१४५ मेट्रिक टन मात्र न्युजप्रिन्ट आयात भएकोले त्यस बापत संस्थानले रु. १ करोड ४२ लाख ३१ हजार ५२० मात्र प्रिन्टसेल इमेजिङ प्रा.लि.लाई भुक्तानी गरेको देखिन्छ ।

 

माथि उल्लिखित तथ्यबाट गोरखापत्र संस्थानको कारण सम्झौतामा उल्लेख नभएको भन्सार छुट बापतको कुल रु २६,२३,०२० प्रिन्टसेल इमेजिङ प्रा.लि.ले प्राप्त गरेको देखिन्छ । यसो हुँदा संस्थानलाई कुल रु. २६ लाख २३ हजार क्षति पुगेको छ ।

 

कागजको गुणस्तर पनि कमसल 
आर्थिक वर्ष २०७३/७४ का लागि संस्थानको लागि आवश्यक न्युजप्रिन्ट पैठारी गर्न संस्थान र प्रिन्टसेल इमेजिङ प्रा.लि.बीच सन् २०१७ फेब्रुअरी २० मा सम्झौता भएको छ । गोरखापत्र दैनिक प्रतिस्पर्धी अखबार कान्तिपुर दैनिक र अन्नपुर्ण पोष्ट दैनिकमा प्रयोग भएको न्युजप्रिन्टको समान छन्।

 

गोरखापत्र दैनिक, कान्तिपुर दैनिक र अन्नपुर्ण पोष्ट भिडाई र दाँजी हेर्दा साधारण पाठकले पनि गोरखापत्र दैनिकमा प्रयोग भएका न्युजप्रिन्ट कागज कान्तिपुर दैनिक र अन्नपुर्ण पोष्ट दैनिकको भन्दा कमसल छ भनी प्रष्ट हुन्छ ।

 

समितिले संस्थानको उत्पादन विभागमा कार्यरत कर्मचारी तथा प्राविधिक कर्मचारीहरूसँग छलफल गर्दा निजहरूले गोरखापत्र दैनिकमा प्रयोग भइरहेको न्युजप्रिन्ट कागज कमसल भएकोले छाप्दा बढी खेर जाने र समस्या हुने गरेको गुनासो गरे । उनीहरूको भनाइ छ —“व्यवस्थापनले बाध्यतामा पारी छाप्ने कार्य गराउँछन्।”

 

यी सबै तथ्यहरूबाट टेन्डर, कागजको बिजक र सम्झौतामा उल्लेख भए अनुसारको कागज संस्थानमा नआएको स्पष्ट हुन्छ । प्रिन्टसेल इमेजिङ प्रा. लि. ले संस्थानमा यस प्रकृयामा संलग्न व्यक्तिहरूलाई प्रभावमा पारी कमसल गुणस्तरको न्युजप्रिन्ट कागज संस्थानमा आपूर्ति गरिरहेको देखिन्छ । यस कारणले गर्दा संस्थाको छवि र व्यापारमा ठुलो नोक्सानी भइरहेको समितिको ठहर छ ।

 

समितिले ५ वर्ष यताको कागजको गुणस्तरबारे छानवीन गर्न यथाशीघ्र एक जाँचबुझ समिति गठन गरी सो कार्यमा संलग्न पदाधिकारी तथा जिम्मेवार कर्मचारीहरूलाई प्रचलित कानुन कमोजिम कारबाही अबिलम्ब गर्न सिफारिस गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

    राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् । यसअघि...

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

  शैक्षिक संस्थाबाट विद्यार्थी संघरसंगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको...

स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक जोशी पक्राउ

     स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् ।नेपाल...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...