सरकारी नक्सामै कालापानी गायब, खोसियो विद्यार्थीको खाजा



 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरेको नाम सिफारिस भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बुधबार बसेको संवैधानिक परिषद्को बैठकले कार्यवहाक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।

 

समितिले अनुमोदनको लागि संसदीय सुनुवाई विशेष समितिमा पठाएको छ । घिमिरेको नाम सर्वसम्मतीले सिफारिस भएको हो ।

 

सरकारी नक्सामै कालापानी गायब
सरकारले नै राखेका अधिकांश नक्सामा दार्चुलाको कालापानी छुटाएको पाइएको छ । निसान छापमै प्रयोग गरिएका नक्सामा समेत । नेपाली भूभाग कालापानीमा लामो समयदेखि भारतले सेना राख्दै आएको छ । यसमा भारतलाई साथ पुग्ने गरी सरकारी नक्सा बनाइएको छ । यसको नापी विभागले पुष्टि गरेको छ ।

 

‘देशको निसानी मानिने निसान छापमा राखिएको नक्सै त्रुटिपूर्ण छ’, विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले भने, ‘पहिलाको नक्साबाट कालापानीको ठूलो भू–भाग हटाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेब साइटमै अपूरो नक्सासहितको निसान छाप राखिएको छ । हेलो सरकार, गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयका ट्वीटरमा पनि त्यही छ ।’

 

ती नक्साबाट वैज्ञानिक मापन गर्दा कालापानीको ६ हजार हेक्टरभन्दा बढी भूमि गायब छ । कुनै साइटमा सात हजार ९ सय हेक्टरसम्म गायब भएको नक्सा प्रयोग गरिएको छ । श्रेष्ठका अनुसार कतिपय नक्सामा सुस्तामा पनि समस्या छ । सुस्तामा पनि नेपाली भूभाग भारतले कब्जा गरिरहेको छ ।

 

विभागका स्थलरूप नापी तथा भूमि व्यवस्थापन महाशाखा प्रमुखसमेत रहेका श्रेष्ठले सरकारी निकायमा प्रयोग भएका नक्साका त्रुटिबारे आफूले पटक–पटक जानकारी गराएको बताए । ‘नक्सामा नेपाली भूभाग छुटाइएकोबारे मैले आफैं हेलो सरकारमा जानकारी गराएँ । तर अहिलेसम्म त्यसको सुनुवाई भएको छैन,’ उनले भने, ‘सरकारकै आधिकारिक वेब साइटहरूमा राखिएका निसान छापका त्रुटिपूर्ण नक्सा पनि फेरिएको छैन ।’

 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बुधबार भएको बैठकमा पनि गतल नक्सा र निसान प्रयोग भइरहेकोबारे उपमहानिर्देशक श्रेष्ठले ध्यानकर्षण गराए । मन्त्रालय अन्र्तगतकै भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको वेब साइटमासमेत कालापानी छुटाइएको नक्सा प्रयोग भएको छ ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

 

खोसियो विद्यार्थीको खाजा
२०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम मन्त्रिपरिषदले कटौती गर्ने निर्णय गरेपछि १३ लाख बालबालिका प्रभावित हुने भएका छन् । २०५२ देखि चलिरहेको राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्लुएफपीको सहयोगमा चलिरहेको शिक्षाका लागि खाद्य परियोजना पनि प्रभावित हुने भएको छ ।

 

यो कार्यक्रमअन्र्तगत २ लाख ६० हजार बालबालिकाले दिवाखाजा पाउँदै आएका छन् । सविधानले प्राथमिक शिक्षालाई अनिवार्य र माध्यमिकलाई निशुल्क गरेलगत्तै सरकारले दिवाखाजा कार्यक्रम कटौती गरेको हो ।, कान्तिपुरमा खबर छ ।

 

पेट्रोलियम पदार्थको मूल्य बढ्यो 
नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले  पेट्रोलमा रु १, डिजेल तथा मट्टितेलमा रु ३ बृद्धि गर्ने निर्णय गरेको हो । यस्तै ग्यासमा पनि प्रति सिलिन्डर रु २५ बृद्धि भएको निगमले जनाएको छ ।
जसअनुसार अब उपभोक्ताले पेट्रोल प्रति लिटर रु १ सय १२, डिजेल तथा मट्टीतेल प्रतिलिटर रु ९८ तिर्नुपर्नेछ  । यस्तै  ग्यासको मूल्य प्रति सिलिन्डर अब रु र १ हजार ४ सय रुपैयाँ हुने भएको छ । नयाँ मूल्य बुधबार राती १२ बजेदेखि लागू भएको छ ।

 

बन्दरगाह प्रयोग गर्न दिन चीन सकारात्मक
अन्तर्राष्ट्रिय व्यापारका लागि चिनियाँ बन्दरगाह प्रयोगका लागि नेपालले मागेको अनुमतिमा चीन सकारात्मक देखिएको छ । नेपालले चीनका विभिन्न ६ बन्दरगाह प्रयोगका लागि मागेको अनुमतिमा चिनियाँ पक्ष सकारात्मक देखिएको हो । नेपाली र चिनीयाँ अधिकारीबीच बुधबारबाट छलफल शुरु भएको छ ।

 

एसपीका छोरा र मेयरका भतिजासँग सोधपुछ
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका विषयमा कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी)का छोरा र मेयरका भतिजासँग प्रहरीले बयान लिएको छ ।
घटनामा आशंकाको घेरामा पर्दै आएका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका दाई भुपेन्द्र विष्टका छोरा आयुश विष्टसँग प्रहरीले बयान लिएको हो ।

 

कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) कुबेर कडायतले घटनामा उनीहरूको पनि नाम मुछिएकाले अनुसन्धानको क्रममा बयान लिएको जानकारी दिए । उनीहरूमाथि विभिन्न कोणबाट अनुसन्धान भइसकेको बताउँदै एसपी कडायतले हालसम्म कुनै ठोस प्रमाण र कनेक्टीभिटी नभेटिएको बताए ।

 

संयुक्त सैन्य अभ्यास गर्नेबारे कुनै निर्णय नभएको छैनः ज्ञवाली
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चांैथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै बाहिर सञ्चारमाध्यममा आएजस्तो बिमस्टेक मुलुकका सैनिकबीच संयुक्त अभ्यास गर्ने भनी सम्मेलनमा छलफल नभएको स्पष्ट पारे ।

 

पेट्रोलियम पदार्थ ढुवानी बन्द गर्ने चेतावनी
नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले  सरकारसमक्ष १८ बुँदे मागपत्र पेश गरेकोप्रति वेवास्था गरेको भन्दै देशव्यापी रुपमा डिपोहरूमा कोणसभा गरेको छ । संघले चरणबद्ध आन्दोलनका  कार्यक्रमको घोषणा गर्दै पहिलो दिन बुधबार देशैभरका डिपोहरुमा कोणसभा सम्पन्न गरेको हो ।

 

नेपाल आयल निगम थानकोट डिपोमा भएको कोण सभामा नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघ अध्यक्ष ईश्वर लामाले आफूहरूका माग सम्वोधन नभए भाद्र ३० गतेदेखि अनिश्चितकालीन पेट्रोलियम पदार्थ दुवानी वन्द गरि आफ्नो सवारीको चावी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघमा बुझाउने चेतावनी दिए ।

 

नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने
साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशमा जारी उक्त प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि नेपाललाई भुटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।

 

खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे ढाकाको बङ्गबन्धु नेशनल स्टेडियममा हुनेछ । उपाधि जित्ने लक्ष्यका साथ बङ्गलादेश पुगेका नेपाली टोली अहिलेसम्म साफ च्याम्पियनसिप फाइनलमा पुग्न सकेको छैन ।

 

यसअघिका प्रतियोगितामा नेपाल चार पटक सेमिफाइनलमा पुगेको छ । मंगलबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्