उच्चस्तरीय शिक्षा आयोगमा पत्रकार भर्ति गरेपछि गिरिराजमणि पोखरेलको मन्त्रालयमा गोलमाल



हाम्रो इकोनोमि

 

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको ‘पूर्वजनमोर्चा’ मोहका कारण झनै आलोचना बढ्दै गएको छ । पूर्वजनमोर्चाको पृष्ठभूमि भएका मानिसहरूलाई काखी च्याप्ने र अरूलाई बेवास्ता गर्ने मन्त्री पोखरेलको कार्यशैलीको नेकपाभित्रै आलोचना बढ्न पुगेको हो ।
अरू त ठीकै थियो ।

 

तर, मन्त्री पोखरेलको अध्यक्षतामा करिब दुई महिनाअघि गठन भएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगमा गैरशिक्षाविद्हरूलाई समेत पूर्वजनमोर्चा भएकै कारण समावेश गरेपछि उनको आलोचना बढ्न पुगेको हो । मन्त्री पोखरेलले आफूसँग लामो समयदेखि निकट रहेका पत्रकार श्याम श्रेष्ठलाई पनि उच्चस्तरीय शिक्षा आयोगमा राखेपछि ‘पत्रकारलाई किन राखियो ?’ भन्ने प्रश्न उठ्न पुगेको थियो ।

 

आयोगमा रहेका पत्रकार श्रेष्ठले अहिले आयोगभित्रको विभिन्न समूहमध्ये आधारभूत शिक्षा समूहको जिम्मेवारी लिएर काम गरिरहेका छन् ।
मन्त्री पोखरेलले पत्रकार श्रेष्ठलाई ‘जागिर खुवाउनैका निम्ति’ मात्र आयोगमा राखिएको देखिएको छ ।

 

उच्चस्तरीय शिक्षा आयोगमा श्रेष्ठलाई राख्दा ‘हाँसको बथानमा बकुल्ला’ भनेर चर्चा भए पनि आयोगका सदस्यले विशिष्ट श्रेणी (सचिवसरह) को सुविधा पाउने भएको हुँदा श्रेष्ठलाई आयोगमा राखिएको बताइन्छ । आयोगको कार्यावधि चार महिनालाई तोकिएको छ र कात्तिक मसान्तभित्र आयोगले प्रतिवेदन तयार पारिसक्नुपर्छ ।

 

तर, मन्त्री पोखरेलले भने डा. गोविन्द केसीको आमरण अनशनमा ऐक्यबद्धता जनाउन सडकमा उत्रिएका बुद्धिजीवीहरूको अग्रपंक्तिमा बसेका पत्रकार श्रेष्ठलाई आयोगमा राखे पनि बचाउ गर्दै आएका छन् ।

 

श्रेष्ठलाई आयोगमा राखिएको विषयमा मन्त्री पोखरेलले ‘शिक्षा क्षेत्रको सुधार र पुनःसंरचनाका लागि बनेको आयोगमा शिक्षा क्षेत्रभन्दा बाहिरका मानिसलाई पनि राख्न सकिन्छ, शिक्षा क्षेत्रभन्दा बाहिरका मानिसले पनि शिक्षाको बारेमा बुझेका हुँदा योजना बनाउन सुझाव दिन सक्छन्’ भनेर भन्दै आएको बुधबारले जानएको छ ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...