अख्तियारको प्रमुख आयुक्तमा नवीन घिमिरे सिफारिस



हाम्रो इकोनोमि

 

संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीन घिमिरेको नाम सिफारिस गरेको छ ।

परिषद्को बुधबार बिहान बसेको बैठकले घिमिरेको नाम सिफारिस गर्ने निर्णय गरेको छ । घिमिरे हाल  अख्तियारको कामु प्रमुख रहेका छन् ।

सिफारिसँगै अब उनको नाम संसदीय सुनुवाईमा पठाइनेछ ।  संसदीय सुनुवाई समितिबाट उनको नाम अनुमोदन भएमा राष्ट्रपतिबाट अख्तियारको प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।

अख्तियार प्रमुख दीप बस्नेतकाे बहिर्गमनपछि  उनी कामुको हैसियतमा छन् ।

घिमिरे २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए ।

को हुन घिमिरे ?

वि.सं. २०१२ साल भदौमा जन्मिएका घिमिरे काठमाडौंको सिफलका स्थायी बासिन्दा हुन् ।

जन प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन गरेका घिमिरे २०७४ फागुनदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका रूपमा कार्यरत छन् । निवर्तमान प्रमुख आयुक्त दीप बस्न्यातले अवकाश पाएपछि घिमिरेले कार्यवाहक प्रमुखका रूपमा अख्तियारको नेतृत्व सम्हाल्दै आएका छन् ।

लामो समय गृह प्रसाशनमा काम गरेका घिमिरे काबिल प्रशासक मानिन्छन् । गृहसचिवबाट अवकाश पाउनुअघि उनले रक्षा, वन तथा भुसंरक्षण मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

सुरक्षा र प्रशासन क्षेत्रका विज्ञ घिमिरेले आफ्नो जीवनको ३५ वर्षभन्दा बढी समय प्रशासनिक क्षेत्रमा व्यतित गरेका छन् । घिमिरे सुप्रबल जनसेवाश्री पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...