राष्ट्रपतिबाट जितु नेपाललाई प्रबल जनसेवा श्री प्रदान



हाम्रो इकोनोमि

 

चर्चित हाँस्य व्यांग्य कलाकार जितु नेपाल प्रबल जनसेवा श्री सम्मानबाट सम्मानित भएका छन् ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार नेपाललाई यो सम्मान प्रदान गर्नु भएको हो ।

‘नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा तपाईबाट भएको उल्लेखनीय योगदानको सम्मान स्वरुप प्रबल जनसेवा श्री द्वारा विभूषित गरिएको छ’, प्रधानमन्त्री के.पी. शर्मा ओली र विभूषण समितिका अध्यक्ष ईश्वर पोखरेलद्वारा हस्ताक्षरित सम्मान पत्रमा उल्लेख छ ।

राष्ट्रपतिबाट प्रबल जनसेवा श्री सम्मान पाएपछि जितु लाई समाजिक सञ्जालमा बधाईको ओइरो छ ।

साप्ताहिक हाँस्य टेलिफिल्म ‘जिरे खुर्सानी’मा मुन्द्रेको भूमिका निभाएर चर्चामा आएका जिुत नेपाल पछिल्लो सुपरहिट सिरिज ‘छक्का पञ्जा’ फिल्म का निर्माता तथा कलाकार हुन् ।

उनी अभिनित पछिल्लो फिल्म ‘रामकहानी’ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...