राष्ट्रपतिबाट जितु नेपाललाई प्रबल जनसेवा श्री प्रदान



हाम्रो इकोनोमि

 

चर्चित हाँस्य व्यांग्य कलाकार जितु नेपाल प्रबल जनसेवा श्री सम्मानबाट सम्मानित भएका छन् ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार नेपाललाई यो सम्मान प्रदान गर्नु भएको हो ।

‘नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा तपाईबाट भएको उल्लेखनीय योगदानको सम्मान स्वरुप प्रबल जनसेवा श्री द्वारा विभूषित गरिएको छ’, प्रधानमन्त्री के.पी. शर्मा ओली र विभूषण समितिका अध्यक्ष ईश्वर पोखरेलद्वारा हस्ताक्षरित सम्मान पत्रमा उल्लेख छ ।

राष्ट्रपतिबाट प्रबल जनसेवा श्री सम्मान पाएपछि जितु लाई समाजिक सञ्जालमा बधाईको ओइरो छ ।

साप्ताहिक हाँस्य टेलिफिल्म ‘जिरे खुर्सानी’मा मुन्द्रेको भूमिका निभाएर चर्चामा आएका जिुत नेपाल पछिल्लो सुपरहिट सिरिज ‘छक्का पञ्जा’ फिल्म का निर्माता तथा कलाकार हुन् ।

उनी अभिनित पछिल्लो फिल्म ‘रामकहानी’ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...