पत्नीलाई वडाध्यक्षसँग कोठाभित्रै फेला पारेपछि…



हाम्रो इकोनोमि

 

बागलुङ जिल्लामा प्रहरीले वडाध्यक्षलाई बुर्तिबाङमा अर्काकी पत्नसँग कोठाभित्रैबाट पक्राउ गरेको छ ।

वडाध्यक्षलाई केही समय नियन्त्रणमा राखेर प्रहरीले राजनीतिक दवावमा छाडिदिएको छ । वडाध्यक्ष कृष्ण गुरुङलाई प्रहरीले भदौ १७ गते आइतबार बुर्तिबाङबाट पक्राउ गरेको हो । कविता केसी (नाम परिवर्तन)को घरको कोठाबाट वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको थियो ।

कविता केसीका पतिले आफ्नी पत्नी र वडाध्यक्ष कृष्ण गुरुङलाई कोठाभित्र सँगै फेला पारेपछि प्रहरी बोलाएर रंगेहात पक्राउ गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी दीपक रेग्मीले महिलाका पतिले वडाध्यक्ष कृष्ण गुरुङ र आफ्नी पत्नीलाई कोठाभित्रै सँगै देखेपछि प्रहरी बोलाएर पक्राउ गराएको जानकारी दिए ।

‘घटनाको प्रकृति र अनुसन्धानबाट तत्काल ती महिला र वडाध्यक्ष कृष्ण गुरुङबीच कुनै अनैतिक क्रियाकलाप गरेको नदेखिएपछि छाडिदियौँ । अरु बेला के भएको थियो हामीलाई थाहा भएन । पुष्टि हुने कुरा पनि भएन’, एसपी रेग्मीले भने, ‘मिलापत्र गरेपछि पति–पत्नीसँगै गएका छन् ।’

कविता केसी र वडाध्यक्ष कृष्णबहादुर गुरुङबीच अनैतिक सम्बन्ध रहेको पतिले चालपाएपछि पिछा गरेका थिए । संयोगले आइतबार कोठाभित्रै पत्नी कविता केसी र वडाध्यक्ष कृष्णबहादुर गुरुङलाई फेला पारेपछि प्रहरी बोलाएर पक्राउ गराएका थिए ।रिपब्लिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...