खड्गबहादुर विश्वकर्मालाई किन लुकाएर लगियो भोजपुर ? यस्तो छ कारण



हाम्रो इकोनोमि

 

 

 

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई विराटनगर ल्याइएको छ।

 

विराटनगर एयरपोर्टमा विशेष सुरक्षा नियन्त्रणका साथ नेता प्रकाण्डलाई भोजपुर जिल्ला अदालतमा उपस्थित गराउन विराटनगर ल्याइएको हो।

 

मोरङका प्रहरी प्रवक्ता डिएसपी निशान थापाको नेतृत्वमा गएको प्रहरी टोलीले पत्रकारलाई छल्दै एयरपोर्टको रनवेबाटै प्रहरी भेनमा हालेर लगेको हो। एयरपोर्टको यात्रु कक्षबाट नभई नेता प्रकाण्डलाई एयरपोर्टको पूर्व तर्फको सैनिक इलाकाको गेटबाट लगिएको हो।

गत साउन २३ गते जबर्जस्ती चन्दा उठाएको आरोपमा पक्राउ परेका नेता प्रकाण्डलाई छाड्न सर्वोच्च अदालतले पटकपटक आदेश दिइसकेको छ। प्रहरीले भने विभिन्न खालका मुद्दा लगाउँदै अदालतबाट छुटेलगत्तै उनलाई गिरफ्तार गर्दै आएको छ।

 

नेता प्रकाण्डलाई गत वर्षको प्रदेशसभा निर्वाचनका क्रममा पूर्वसञ्‍चारमन्त्री तथा हालका १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको गाडीमा बम पड्काएको अभियोगमा अदालत उपस्थित गराउने तयारी भएको बुझिएको छ। विप्लव समूहका नेताहरू उमा भुजेल, मोहन कार्की, कृष्ण धमला, पदम राई, ओम प्रकाश पुनलगायतलाई प्रहरीले पक्राउ गरि विभिन्न मुद्दा चलाउँदै आएको छ।

सर्वोच्च अदालतले सोमबार विश्वकर्मालाई थुनामुक्त गर्न दिएको वन्दी प्रत्यक्षीकरण आदेशको पटक-पटक उल्लंघन भएको ठहर गरेको छ। साथै उसले कानुन कार्यान्वयन गर्ने निकायबाट आदेशलाई असम्मान गरेकोमा गम्भीर सरोकारसमेत व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...