गोपाल किराँतीले गृहमन्त्री बादललार्इ भने बिद्रोह गर्नुस्, हामी साथ दिन्छौं



हाम्रो इकोनोमि

 

 

पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले गृहमन्त्री रामबहादुर थापा बादललाई बिद्रोह गर्न सुझाव दिएका छन् । किराँतीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा अ‍ोलीविरुद्ध विद्रोह गर्न उक्साएका हुन् ।

नेता किराँतीले प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डले गृहमन्त्री थापाका जनपक्षीय काममा अवरोध गरेको भन्दै बादलले नेकपाबाट विद्रोह गर्नुपर्ने बताएका छन् । ‘उहाँ (गृहमन्त्री बादल)लाई जनपक्षीय काम गर्नबाट रोक्न थालियो । अब उहाँलाई गृहमन्त्रीबाट अपदस्थ गर्न सक्छन् । त्यस अगाडि नै उहाँले विद्रोह गर्नुपर्छ र जनताको मुद्दामा संघर्ष गर्ने आँट गर्नुपर्छ’, किराँतीले भने, ‘त्यसो भएनभने उहाँकै राजनीतिक अवसान हुन्छ ।’

पछिल्लो पटक केही छापाहरुमा गृहमन्त्री बादलको काम कारवाही लोकतन्त्र विरोधी भएको भन्दै समाचारहरु प्रकाशमा आएकै बेला किरातीले विद्रोहका लागि सुझाव दिएका हुन् ।

तत्कालीन माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेपछि असन्तुष्ट बनेका किराँतीले ती दुई पार्टीको एकतापछि आफ्नो नेतृत्वमा माओवादी केन्द्रको पुनगर्ठन अभियान चलाएका थिए । अहिले उनको पार्टी संगठन निर्माणको चरणमा छ ।

किराँती नेतृत्वको पुनर्गगठित माओवादी, वैद्य नेतृत्वको माओवादी क्रान्तिकारी र विप्लव नेतृत्वको नेकपावीच पार्टी एकताका लागि पनि गृहकार्य भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...