सिदिङ्वा गाउँपालिका–१ कालीखोलामा तेस्रो तिम्बुङ पोखरी महोत्सव हुँदै



हाम्रो इकोनोमि

सिदिङ्वा गाउँपालिका–१ कालीखोलामा तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने भएको छ ।

पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यका साथ सिदिङ्वा गाउँपालिकाले उक्त महोत्सवको आयोजना गरेको हो । जैविक, धार्मिक र सांस्कृतिक महत्वको क्षेत्र तिम्बुङ पोखरीको प्रचारप्रसार गर्न यही भदौ २२ देखि २४ गतेसम्म महोत्सव हुने सो गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिनुभयो । महोत्सवको माध्यमबाट उक्त क्षेत्रमा रहेका सिदिङ्वा धाम, सुन्दर ढङ्ढङे झरना, कालीपोखरी, हात्ती ढुङ्गालगायतका रमणीयस्थलको प्रचार–प्रसारमा सहयोग पुग्नेछ । तिम्बुङ पोखरी पुग्न पाँचथर र ताप्लेजुङबाट तीन दिनसम्मको पैदलयात्रा गर्नुपर्छ । पाँचथरको फलैँचा तथा ताप्लेजुङको सिरिजङ्घास्थित खेवाङ हुँदै सो ठाउँ पुग्न सकिन्छ ।

तिम्बुङ पोखरी वरपर हाँडी पोखरी, तावा पोखरी, लक्ष्मी पोखरी, दूधपोखरी, मयुर पोखरी, नीर पोखरीलगायत दर्जनाँै पोखरी रहेका छन् । यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण र भारतको सिक्किम, दार्जलिङलगायतका ठाउँको दृश्यावलोकन गर्न सकिन्छ । उक्त क्षेत्र चार हजार ४८१ मिटरको उचाइमा रहेको छ । स्थानीयवासी गजेन्द्रप्रसाद तुम्याहाङका अनुसार लिम्बू भाषाको तेम्बकबाट तिम्बुङ पोखरी नाम रहन गएको हो । लिम्बू भाषामा ते भनेको बन्दुक र बुङ भनेको पड्एिको आवाज हो । पोखरीको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने तथा पापबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...