प्रधानमन्त्री तारा खसाल्ने कुरा गर्छन् सिन्को भाँच्दैनन् : वरिष्ठ नेता पौडेल



हाम्रो इकोनोमि

 

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले काम भन्दा बढी कुरा गर्न थालेको बताएका छन् ।

मंगलबार तनहुँको व्यास नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाटका क्रममा नेता पौडेलले नेपाललाई अहिले विकास चाहिएको तर प्रधानमन्त्री भने आकाशका तारा खसाल्ने कुरा गर्दै हिँडेका बताए ।

 

‘प्रधानमन्त्री केपी ओलीको पनि काम भन्दा बढि बोली मात्रै देखियो । नेपाललाई अहिले सामान्य विकास चाहिएको छ । तर प्रधानमन्त्री भने आकाशका तारा खसाल्ने कुरा गर्दै हिँडेका छन्’ वरिष्ठ नेता नेपालले भने ।

 

उनले बर्तमान सरकारले ठुला र काम सुरु भएका आयोजनाहरुलाई समेत अलपत्र पारेर नालायकीपन देखाएको आरोप पनि लगाए । पौडेलले भने ‘तनहुँका गाँउ गाँउमा धेरै बाटाहरुको डिपीआर भएको थियो । तर चुनावका बेलामा चुनाव प्रभावित हुन्छ भनेर विकासका काम गर्न रोकियो ।

 

त्यो बेलामा तत्कालिन एमालेका नेताहरुले विकासका काम रोके । व्यास परासर पर्यटन गुरुयोजना बनाएका थियौ । त्यो काम पनि अलपत्र छ ।’

 

नेता पौडेलले नेपालको आर्थिक समृद्धिका आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र उर्जा शक्तिको विकास भएको पनि बताए । उनले ७० वर्षदेखिको जनताको चाहाना बनेको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाबाट मुलुकलाई समृद्ध बनाउन लाग्नुपर्ने भन्दै मुलुक समृद्ध बनाउने बेलामा कम्युनिष्टहरुको शासन सुरु भएकाले जनताले धोका पाउने हो कि भन्ने शंका उब्जिएको बताए ।

प्रतिक्रिया दिनुहोस
९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...

असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्...