दिल्लीमा मोदीले भने, ओलीजीले ठूलो सम्मान दिनुभयो



हाम्रो इकोनोमि

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो विम्स्टेक शिखर सम्मेलनमा भाग लिन आउँदाको २ दिने काठमाडौं बसाई अत्यन्तै सफल भएको बताएका छन् ।

नयाँ दिल्लीमा आफू निकट उच्च पदस्थ नेताहरुलाई आफ्नो काठमाडौं बसाई सफल भएकोमात्रै ब्रिफिङ गरेनन् नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले न्यानो स्वागत तथा सत्कारसमेत गरेको सुनाए ।

मोदीको ब्रिफिङ सुनाउँदै नयाँ दिल्लीस्थित् उच्च स्रोतले भन्यो,‘मेरो २ दिने नेपाल बसाई अत्यन्तै सफल भयो । विमस्टेक सम्मेलन ईतिहाँसमै अनुपम र उदाहरणीय भयो । शिखर सम्मेलनमा मैले अघि सारेका एजेण्डाहरु कार्यान्वयन हुने संकेत देखिएको छ । यो खुशीको कुरा हो।’

मोदीले आफूलाई नेपालका प्रधानमन्त्री ओलीले दिएको सम्मान र आतिथ्यता सम्माजनक रहेको पनि सुनाएका थिए । दिल्लीस्थित् एक उच्च स्रोतले दिएको जानकारी अनुसार मोदीले नेपालमा अब भारतीय लगानीको ओईरो लाग्ने पनि विश्वास व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...