धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिन्छ : अर्थमन्त्री खतिवडा



हाम्रो इकोनोमि

 

अर्थमन्त्री डा. युवराज खतिवडाले जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् ।

 

सप्तरी सदरमुकाम राजविराजमा आज करदाता सेवा कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले तत्काल संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरी धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् ।

‘एकल विन्दुबाट कर उठाउनु पर्नेमा धेरै ठाउँमा कर बुझाउनुपर्ने अवस्था आएको छ’, उनले भने, ‘‘अब धेरै दिन यस्तो रहँदैन, एउटै ठाउँमा कर बुझाए पुग्ने बनाउँछौँ ।’ उनले करको दायराभन्दा दर बढेकाले कानून बाहिर गएर जथाभावी कर लगाउन नहुने बताए । विदेशी ऋणबाट देशको विकास सम्भव नभएकाले करको दायरा बढाउनुपर्नेमा मन्त्री खतिवडाले जोड दिए।

उनले आम्दानी र क्षमताभन्दा बढी कर बढाउन नहुने बताए । ‘वास्तविकता नबुझेरै कर बढायो भन्ने हल्ला फैलाइएको छ, त्यस्तो होइन्’, उनले भने, ‘स्थानीय तहको विकास गर्नु जरुरी रहेकाले जनताले कर तिर्ने बानीको विकास गर्नुपर्छ, जनप्रतिनिधिले जनताले तिरेको कर सही ठाउँमा सदुपयोग गर्नुपर्छ ।’

करको बारेमा जनता सचेत भए त्यसको दुरुपयोग रोकिने उनको भनाइ थियो । ‘कर लगाउने अधिकार स्थानीय तहको भए पनि कानून र ऐनभन्दा बाहिर गएर धान्नै नसक्ने गरी कर लगाउन पाइँदैन’, अर्थमन्त्री खतिवडाले भने ।

राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले करदाताको सेवालाई दृष्टिगत गरी राजविराजमा करदाता सेवा कार्यालय स्थापना गरिएको बताए । करदाता र करको दायरा बढ्दै गएपछि आन्तरिक राजश्व कार्यालय राजविराजमा स्थापना गरिने उनको भनाइ थियो । सो अवसरमा अर्थमन्त्री खतिवडाले करदाता सेवा कार्यालयमा आई प्यान नम्बर लिने सेवाग्राही अमृता झा, सुनिता देव र शम्भुनन्द चौधरीलाई प्रमाणपत्र वितरण गरे ।

प्रतिक्रिया दिनुहोस
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...