विश्वप्रकाशले भने प्रेस र चिकित्सकसंग किन जोरि खोज्दैछ सरकार, यही ताल हो भने अर्का चुनावमा नेकपा तेस्रो हुन्छ



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले प्रेस र चिकित्सकसँग जोरि खोजेको बताएका छन्।

 

मुलुकी संहिताबाट प्रेस र चिकित्सकहरु सबैभन्दा बढी मारमा पर्ने भएपछि अहिले दुवै क्षेत्र आन्दोलित छन्। चिकित्सकहरु नियमित काममा छैनन भने प्रेस पनि मुलुकी संहिताको विपक्षमा लविङमा छ।

 

तर सरकार दुवै पक्षको कुरा सुन्न तयार देखिएको छैन। उल्टै आन्दोलनमा रहेका चिकित्सकहरुलाई अत्यावश्यक सेवा कानुन लगायर कार्वाहीको तयारीमा गरेको धम्की दिदैछ।

 

कांग्रेस प्रवक्ता शर्माले मुलुकी संहिताको कतिपय विवादास्पद कुरा हटाउने पर्याप्त समय हुँदाहुँदै पनि नेकपाले त्यसो नगरि प्रेस र चिकित्सा क्षेत्रलाई समस्यामा पारेको बताए।

 

शर्माले हाम्राकुरासँग कुरा गर्दै भने, ‘ ह्विल चियरमा बसेकालाई जिविकोपार्जन भत्ता ५ हजार दिने कांग्रेस सरकारको निर्णयलाई गलत भन्दै उल्टयाउने सरकारले संहिताको कमजोरी नसच्याई प्रेस र चिकित्सकसंग किन जोरि खोज्दैछ? ‘

 

मुलुकी संहिता लागू गर्न एक बर्ष पछिको मिति तोक्नुको कारण नै बीचमा केहि कमजोरी पहिचान हुँदा संशोधन गरेर बढ्ने भन्ने मनसाय भएपनि नेकपाको नेतृत्वमा सरकार बनेको ६ महिनासम्म संहितामा कुनै संसोधन नगरि जस्ताको तस्तै  लागू गराउन खोज्नुले सरकारको नियत प्रष्टिएको शर्माले बताए।

 

लामो समयदेखिको गृहकार्य भएर आएपनि चुनावी सरगर्मीका बीचमा धेरै ध्यान दिन नपाएका कारण यसलाई लागू हुने म्याद एक बर्ष पछि राखिएको उनले स्मरण गराए। नत्र अन्य कानुन लालमोहोर लागेको दिनबाटै लागू हुने तर मुलुकी संहितालाई किन एक बर्ष पछि लागू हुने गरि भन्नुपर्थ्यो र शर्माले भने।

 

वहशमा आएका कमीकमजोरीलाई सच्याउने कुरामा कांग्रेस सहयोग गर्न तयार हुँदा पनि नेकपाको सरकार किन चिकित्सक र प्रेससँग अनुदार छ उनले प्रश्न गरे।

प्रतिक्रिया दिनुहोस
विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

  शैक्षिक संस्थाबाट विद्यार्थी संघरसंगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको...

स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक जोशी पक्राउ

     स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् ।नेपाल...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले...