डाक्टरको लापरबाहीका कारण कहाँ कहाँ कतिको गयो ज्यान, को को पर्ने भए जेल



 

गएको महिनामात्र विराटनगरको नोवेल अस्पतालमा दुईवटा घटना भए । डाक्टरको लापरबाहीका कारण २ जना सुत्केरीको ज्यान गयो ।

 

पीडितका आफन्तले विरोध गरेपछि प्रहरीसमेतको रहोवरमा ५ लाख क्षतिपूर्ति दिनका लागि अस्पताल प्रशासन तयार भयो । सहमतिको रकम नपाएपछि पीडित परिवारले पछि जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी गरे । घटना दबाउनका लागि पहुँचका आधारमा प्रशासनको दुरुपयोग भएको आरोप लागिरहेको छ, अझै ।

 

विराटनगरकै विराट शिक्षण अस्पतालमा हात भाँचिएपछि उपचारका लागि पुगेका सुनसरी बक्लौरीका सरोज खड्काको शल्यक्रियाका क्रममा ज्यान गएको थियो । आफन्तले विरोध गरे र अस्पताल तोडफोड समेत भएको थियो । डा. निकलेश गुप्ता नेतृत्वको टोली शल्यक्रियामा खटिएको थियो ।

 

हातको शल्यक्रिया गर्दा विरामीको मृत्यु हुन्छ भन्ने नै दुर्लभ घटना हो । यसमा डाक्टर दोषी भएको ठहर सर्वसाधारणको थियो । मृत्युको कारण पनि खुलाइएको थिएन ।

 

काठमाडौंको ट्रमा सेन्टरमा केही समयअघि खुट्टाको उपचार गर्न पुगेकी बाराकी सावित्री सुवेदीको मृत्यु भयो । सावित्रीका छोरा मुकुन्द सुवेदीले उपचारमा डाक्टरको लापरबाही देखिएकाले संलग्न चिकित्सकलाई कारबाही गर्नुपर्ने माग गरेका थिए, आफन्तले अस्पताल परिसरमा विरोध पनि गरेका थिए ।

 

उपचारका क्रममा बिरामीको मृत्यु हुने कारण कतिपय अस्पतालमा खुलाउने गरिएको छैन । साधारण शल्यक्रियाका क्रममा पनि गलत गरेका कारण ज्यान जाने क्रम नरोकिएपछि सरकारले त्यसविरुद्ध कानुन नै बनाएको थियो ।

 

देशका विभिन्न ठाउँमा डाक्टरको लापरवाहीका कारण मृत्यु हुने विरामी कम छैनन् । प्रायः नेपालका अस्पतालहरूमा अदक्ष डाक्टरका कारण बिरामीको ज्यान जाँदा आन्दोलन हुने गरेका छन् ।

 

बुटवल हस्पिटल प्रालिमा टन्सिलको उपचार गर्न पुगेकी बुटवल १३ देविनगर स्थित नविन टोलकी १३ बर्षिया मधु क्षेत्रीको मृत्यु भएको भयो । उपचार गर्दा विरामी राम्रो भए पनि नाक, कान घाँटी रोग विशेषज्ञ डा. नेत्र बहादुर थापाले उपचार गरेको थिए ।

 

टन्सील भएर अस्पताल लिएकोमा डाक्टर समयमा नै नआउदा उनको मृत्यु भएको पिडित पक्षको आरोप थियो । यो पनि डाक्टरको लापरवाही भएको भन्ने पीडित पक्षको आरोप थियो ।

 

सानादेखि ठूलासम्म र नाम चलेका अस्पतालमा पनि विरामीको उपचारका क्रममा मृत्यु हुँदा आन्दोलन नभएका होइनन् । अस्पतालमा गलत उपचारका कारण मर्नेहरू कम छैनन् ।

 

चाबहिलको ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दाे बुटवलकी ४४ बर्षिय कमला भट्टराईको मृत्यु भएपछि उनका आफन्तले अस्पताल परिसरमा नाराबाजी गर्दै तोडफोड गरे ।

 

मृतकका आफन्तले भने डाक्टरको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाए । बिरामीको मृत्युबारे छानबिन गर्नुपर्ने, अस्पतालले आफ्नो लापरबाही स्विकारेर माफी माग्नुपर्ने मृतकका आफन्तहरुको माग थियो ।

 

नाम चलेका र राम्रा डाक्टर भएका महँगा अस्पताल, मेडिकल कलेजहरूमा बारम्बार यस्ता घटना भइरहेका हुन्छन् । उल्लिखित घटना प्रतिनिधिमुलक मात्र हुन् । हरेक दिनजसो बिरामीको मृत्यु हुँदा त्यसमा डाक्टरको लापरवाही ३ प्रतिशत हुने गरेको हुनसक्ने अनुमान गरिएको छ ।

 

सरकारले अस्पतालको यहि नियत र नियती रोक्नका लागि १ भदौदेखि मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरेको थियो ।

नेपाल चिकित्सक संघले त्यसको संशोधनको माग राखेको थियो । सरकारले नटेरेपछि विरामीलाई मर्का पार्दै आइतबार देशभरका अस्पतालको आकस्मिक सेवा बाहेकका सेवा ठप्प पारी उनीहरू आन्दोलनमा छन् ।

 

नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले सरकारले डाक्टरलाई ज्यानमारा र अपराधीको जस्तो व्यवहार गर्न खोजेको बताउँदै यस्तो अवस्थामा काम गर्न नसकिने बताए । तर अस्पतालमा हुने गरेको लापरबाहीका सन्दर्भमा भने डाक्टरले केही बोलेका थिएनन् र छैनन् ।

 

उपचार गरी ठिक भएर घर फर्किने विरामीको अपेक्षालाई मृत्युमा बदल्ने ‘ज्यानमारा डाक्टरहरू’विरुद्ध ल्याइएको कानुनको बिरोध गर्दै अस्पताल बन्द गर्नु गलत रहेको सर्वसाधारण बताउँछन् ।

 

अस्पताल जानका लागि तयार भएकी सेवन्तिका गौतमले सरकार र डाक्टर दुवै पक्षको आलोचना गर्दै लेखेकी छन्,‘डाक्टरकोमा अर्जेन्ट जानुपर्ने भएर हस्पिटलमा फोन गरेको हड्तालले कोही नआउने रे ? फौजदारी कानुनको विरोध अरे । सरकारको कानुनले अब कित दुख पाइने हो ?’

 

डाक्टरहरूले विभिन्न मुद्दा आन्दोलन गरी सरकारले स्थापित गर्न खोजेको कानुनी नजिरलाई भत्काउने चेष्टासँग अस्पतालमा दुख पाइरहेकाहरू असहमत छन् । सर्वसाधारण जीवन कार्की भन्छन्,‘विरामी भनेका प्रशिक्षण गर्ने मेसिन होइनन् उपचारका क्रममा ज्यान लिने काम बन्द हुनुपर्छ । त्यसविरुद्ध आएको कानुन मान्दैनौं भनेर आन्दोलन गर्नु भने गलत हो । डाक्टरले सही उपचार गर्छौं भन्ने प्रतिबद्धता देखाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल