ब्राजिलको २०० वर्ष पुरानो संग्रहालयमा भीषण आगलागी



हाम्रो इकोनोमि

 

ब्राजिलको रियो दि जेनेरियोमा रहेको एक संग्रहालयमा भीषण आगलागी भएको छ । मुलुकको सबैभन्दा पुरानो विज्ञान संग्रहालयमा आगलागी भएको हो । यो संग्रहालयमा २ करोडभन्दा बढी सामग्रीहरु रहेका थिए ।

आइतबार लागेको यो आगलागीको कारण अहिलेसम्म कुनै मानवीय क्षति भएको वा घाइते भएको विवरण आएको छैन । यो संग्रहालय पोर्चुगलको राजकीय परिवारका लागि स्थापना गरिएको थियो । यसै वर्ष २ सय वर्ष पूरा भएको छ । आगो लागेको प्रकृतिले यो संग्रहालयको सेवा बन्द भइसकेपछि आगलागी सुरु भएको हो । यद्यपि अहिलेसम्म आगलागीको कारण भने खुल्न सकेको छैन ।

ब्राजिलका राष्ट्रपति मिचेल टेमरले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यो घटना सबै ब्राजिलियनका लागि सबैभन्दा दुःखदायी रहेको बताएका छन् । उनले यो संग्रहालयमा लागेको आगलागीसँगै अपूरणीय क्षति भएको बताए ।

संग्रहालयका निर्देशकले यो आगलागी सांस्कृतिक वियोग रहेको बताएका छन् । यो संग्रहालयमा ब्राजिलको इतिहास झल्काउने हजारौं सामग्रीहरु राखिएका थिए । त्यसका साथै अन्य केही मुलुकहरुका सांस्कृतिक सामग्रीहरु पनि यो संग्रहालयमा राखिएको थियो ।

यो संग्रहालयमा सबैभन्दा महत्वपूर्ण डाइनोसरको हाड र १२ हजार वर्ष पुरानो एक महिलाको अस्थिपञ्जर पनि राखिएको थियो । उक्त अस्थिपञ्जर अमेरिकामा पाइएकोमध्ये सबैभन्दा पुरानो हो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...