ट्रम्प सञ्चारमाध्यमप्रति किन भए फेरि आक्रोशित



हाम्रो इकोनोमि

 

 

सञ्चारकर्मीको उपस्थितिमा भएका उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताबारे गरेका अनौपचारिक प्रतिक्रियालाई बाहिर ल्याएको भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रोशित बनेका छन्।

 

राष्ट्रपति ट्रम्पले अनौपचारिक रूपमा भएका वार्तालापबारे सार्वजनिक गर्नुलाई ‘बेइमान पत्रकारिता’ को सज्ञा दिए। ट्रम्पले शुक्रबार अबेर गरेको ट्वीटरमा भनेका छन्, अहो१ मैले क्यानडाबारे ब्लुमवर्गका पत्रकारसँग ‘अफ द रेकर्ड कमेन्ट’गरेको थिएँ।

तर सञ्चारमाध्यमबारे विश्वव्यापी मान्यताको उल्लंघन गर्दै त्यसलाई सार्वजनिक गरिएको छ। यो गैरजिम्मेवार पत्रकारिताको थप एउटा ज्वलन्त उदाहरण हो। म यस्ता समाचारप्रति बानी परिसकेको छु। कम्तीमा पनि क्यानडाले म कहाँ रहेको छु बुझेको छ।

अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजका अनुसार द टोरन्टो स्टारले आफूले अनौपचारिक कुराकानीमा भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ओभल अफिसमा ब्लुमवर्गले राष्ट्रपति ट्रम्पसँग लिएको अन्तवार्ताको उक्त भाग आफूले पाएको जनाएको छ।

जसमा ट्रम्पले क्यानेडाली प्रधानमन्त्री जस्टिन ट्रुडोसँग उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताबारे कुनै सम्झौता नगर्ने बताएका थिए। अन्तवार्तामा उनले यो कुरालाई सार्वजनिक गर्दा क्यानडाले अपमान गरेको महशुस गर्ने र सम्झौताबाट पछि हट्ने पनि बताएका छन्।

ट्रम्पको भनाईलाई फक्स न्यूजले थप उद्धृत गरेको छ, यहाँ समस्या छ यदि मैले हुन्न भने उत्तर हुन्नमा जान्छ। यदि मैले हुन्न भनेमा तपाईहरूले यसलाई सार्वजनिक गर्नुहुन्छ। यसबाट उनीहरूले अपमानित भएको महशुस गर्छन् र सम्झौताबाट पछाडि हट्न सक्छन्।

यसैबीच ट्रम्पले नयाँ उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता ९नाफ्टा० का लागि दुई व्यापारिक साझेदार मुलुक क्यानडा र अमेरिकाबीच पहल अघि बढाएको बताइएको छ। यस हप्ताको शुरुमा ट्रम्पले आफुले मेक्सिकोसँग लगभग सहमति गरेको बताएका थिए।

क्यानडा नयाँ सम्झौतामा साझेदार रहन्छ वा रहदैन हेर्न बाँकी नै छ। क्यानडासँग हुने भनिएको सम्झौताको समयअवधि शुक्रबारसम्मका लागि मात्र थियो।

ट्रम्पले गत महिना आफ्नो पहलमा उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई ‘खारेज’ गर्ने र अर्कै सम्झौता गरिने जसको नाम संयुक्त राज्य अमेरिका–मेक्सिको व्यापार सम्झौता हुने पनि बताएका थिए। मेक्सिकोका राष्ट्रपति एन्रिक पेना नाइटोले क्यानडा पनि निकट भविष्यमा व्यापार सम्झौताको साझेदार हुने बताएका छन्।

ट्रम्पले छिट्टै क्यानेडाली समकक्षी ट्रुडोलाई फोन गर्ने र क्यानेडाली कारहरूको आयातमा करवृद्धिको प्रस्ताव गर्ने जनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...