अब विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको अधिकार
सर्वाेच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन परमादेश जारी गरेको छ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले रोजगारी, अध्ययन, कुटनीति नियोगमा कार्यरत नेपाली नागरिकलाई मतदानको अधिकार दिन सरकार, संसद र निर्वाचन आयोगका नाममा परमादेश जारी गरेको हो।
न्यायाधीशद्वय मल्ल र भण्डारीकाे इजलासकाे पूर्णबाट अाइतबार सार्वजनिक गरिएकाे छ। यद्पी फैसला भने २०७४ चैत ७ गते भएकाे थियाे।
सर्वाेच्चको याे फैसला गैरअावासीय नेपालीकाे हकमा भने याे लागु हुनेछैन्।
विदेशमा रहेका नेपाली नागरिकको मताधिकारको माग गर्दै अधिवक्ता प्रेमचन्द्र राईले सर्वाेच्चमा रिट दायर गरेका थिए।