५५ लाख नगदसहित ८ जना हुण्डी कारोबारी पक्राउ



हाम्रो इकोनोमि

 

वीरगञ्जबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा ८ जनालाई नियन्त्रणमा लिएको छ ।

 

उनीहरुको साथबाट ५४ लाख ९६ हजार नेपाली रुपैयाँसमेत बरामद भएको छ । वीरगञ्जको गहवामाई मन्दिर, घडिअर्वा पोखरी र गणेशमान चोक आसपासबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

घटनाबारेमा अनुसन्धान भइरहेको भन्दै पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले अनुसन्धान भइरहेकोले पक्राउ परेकाहरुको नाम अहिले नै सार्वजनिक गर्न नमिल्ने बताए ।

 

‘हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा हामीले उनीहरुलाई नियन्त्रणमा लिएका छौं, उनीहरुको साथबाट ठूलो परिमाणमा नगद पनि बरामद भएको छ,’ उनले भने, ‘अनुसन्धान पछि थप विवरण सार्वजनिक गर्छौ ।’

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...