प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धि छुट्टै कानुनी व्यवस्था कांग्रेसको



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धि छुट्टै कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

 

नेपाली कांग्रेसका नेता एवम् पूर्व सूचना तथा संचार मन्त्री डा. मिनेन्द्र रिजालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धि छुट्टै कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।

 

भदौ १ गतेबाट लागू गरिएको नयाँ मुलुकी ऐनका कतिपय प्रावधानमा असहमति जनाउँदै संशोधन गर्न नेपाल पत्रकार महासंघले सरकारलाई दबाब दिईरहेका बेला कांग्रेस नेता रिजालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन छुट्टै कानुनी व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका हुन्रा।

 

आईतबार नेपाल पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन संचारकर्मीहरु पनि सचेत हुनुपर्ने आवश्यक्ता पनि औंल्याए।

 

संचारकर्मीहरु जिम्मेवारी भए प्रेस स्वतन्त्रता हनन् हुन नसक्ने नेता रिजालको तर्क छ। राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले नयाँ मुलुक ऐन संशोधन गरेर भएपनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन आफूहरु प्रतिवद्ध रहेको स्पष्ट पारे।

 

उनले नयाँ मुलुकी ऐनमा संशोधन गर्नुपर्ने विषयबस्तुको ड्राफ्ट तयार पारेर सरकारलाई बुझाउन पनि नेपाल पत्रकार महासंघसँग आग्रह गरे।

 

नेपाल पत्रकार महासंघले नयाँ मुलुकी ऐनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान पनि समेटिएको दावी गर्दै संशोधन गर्न सरकारलाई दवाव दिँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन: स्वीकृतिका लागि राष्ट्रपतिलाई पठाउने

  सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुन: सिफारिस गरेको छ ।...

सरकारद्वारा ५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार

    सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण...