राष्ट्र बैंक तोडफोड गर्न खोज्ने १३ विद्यार्थी प्रहरीको खोरमा



हाम्रो इकोनोमि

 

धनुषाको जनकपुरस्थित राष्ट्रबैंकको कार्यालयमा तालाबन्दी गर्न पुरेका समाजवादी विद्यार्थी फोरमका १३ जना कार्यकर्ता पक्राउ परेका छन् ।

 

प्रदेश २ सरकारको निर्देशन अवज्ञा गरेको भन्दै तालाबन्दी गर्न पुगेका संघीय समाजवादी फोरम निकट विद्यार्थी संगठन समाजवादी फोरमका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

 

प्रदेश २ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले, आईबार कृष्ण अष्टमीका लागि सार्वजनिक विदा दिने निर्णय सहित कार्यालय नखुलाउन सबै कार्यालयलाई परिपत्र समेत गरेको थियो ।

तर, राष्ट्रबैंकले कार्यालय खोलेपछि उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको संघीय समाजबादी फोरम निकट समाजबादी विद्यार्थी फोरमका सचिवायलय सदस्य शत्रुघन यादव सहित १३ विद्यार्थी तालबान्दी गर्न पुगेको बेला पक्राउ परेका हुन् ।

यसअघि रक्षा बन्धनको दिन पनि, प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका थिए ।

प्रदेश सरकारले यसअघि बिदा दिँदै आए पनि, सङ्घीय सरकार मातहतका कार्यालयले अवज्ञा गर्दै आएका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने, कार्यालयको भौतिक सम्पत्ति क्षति हुन नदिन केहीलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।

धनुुषाको जिल्ला प्रशासन कार्यालय पनि खुलेको छ । तर, अहिलेसम्म एकजना सेवाग्राही पनि कार्यलयमा सेवा लिन आएको लामिछानेले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...