नेपालको लगातार दोस्रो जित, सिंगापुर ४ विकेटले पराजित



हाम्रो इकोनोमि

 

 

एसिया कप क्रिकेटको छनौट खेलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । प्रतियोगिताको चौथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरको हो ।

 

टस जितेर ब्याटिङ रोजेको सिंगापुर ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अलआउट भएको थियो । १ सय ५२ रनको विजय लक्ष्य पछएको नेपालले २८ दशमलव १ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।

 

नेपालको जितमा आरिफ शेखले ४३ रनको योगदान गरे । यस्तै, दिपेन्द्रसिह एैरीले ३३, ज्ञानेन्द्र मल्लले २९, सागर पुन र सुवास खकुरेलले समान १४ रन बनाए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुर ४२ औं ओभरमा अल आउट हुदै १५१ रनमा अल आउट भयो ।

 

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने, ललित राजवंशीले तीन तीन विकेट लिएका छन् । यस्तै सोमपाल कामीले दुई विकेट लिदा अन्तिम विकेट भने बसन्त रेग्मीको नाममा रह्यो । ललितले ९ ओभरमा एक मेडन राखेर २७ रन खर्चिएका थिए भने सन्दिपले १० ओभरमा ३५ रन खर्चेका थिए ।

 

सिंगापुरका लागि भने चेतन सुर्यवंशीले ६० रनको योगदान दिए । अन्य ब्याट्सम्यानले खासै राम्रो प्रर्दशन गर्न नसक्दा सिंगापुर सस्तैमा समेटिएको हो । पहिलो दुई खेल हारेको नेपालले हिजो भएको खेलमा आयोजक मलेसियालाई १९ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...