नेपालको लगातार दोस्रो जित, सिंगापुर ४ विकेटले पराजित



हाम्रो इकोनोमि

 

 

एसिया कप क्रिकेटको छनौट खेलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । प्रतियोगिताको चौथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरको हो ।

 

टस जितेर ब्याटिङ रोजेको सिंगापुर ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अलआउट भएको थियो । १ सय ५२ रनको विजय लक्ष्य पछएको नेपालले २८ दशमलव १ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।

 

नेपालको जितमा आरिफ शेखले ४३ रनको योगदान गरे । यस्तै, दिपेन्द्रसिह एैरीले ३३, ज्ञानेन्द्र मल्लले २९, सागर पुन र सुवास खकुरेलले समान १४ रन बनाए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुर ४२ औं ओभरमा अल आउट हुदै १५१ रनमा अल आउट भयो ।

 

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने, ललित राजवंशीले तीन तीन विकेट लिएका छन् । यस्तै सोमपाल कामीले दुई विकेट लिदा अन्तिम विकेट भने बसन्त रेग्मीको नाममा रह्यो । ललितले ९ ओभरमा एक मेडन राखेर २७ रन खर्चिएका थिए भने सन्दिपले १० ओभरमा ३५ रन खर्चेका थिए ।

 

सिंगापुरका लागि भने चेतन सुर्यवंशीले ६० रनको योगदान दिए । अन्य ब्याट्सम्यानले खासै राम्रो प्रर्दशन गर्न नसक्दा सिंगापुर सस्तैमा समेटिएको हो । पहिलो दुई खेल हारेको नेपालले हिजो भएको खेलमा आयोजक मलेसियालाई १९ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...