नेताको लगानी रहेको नयाँ बजार भेन्यु पार्टी प्यालेसमा खसीको भनेर बाख्राको मासु



 

शहर तथा शहरोन्मुख गाउँहरुमा पार्टी प्यालेसहरु बाक्लिएसँगै बैंक्वेट कल्चर झांगिँदैछ । तर, जति बैंक्वेटहरु बढ्दैछन्, अस्वस्थ प्रतिस्पर्धा पनि बढ्दैछ ।

 

यसको नकारात्मक प्रभाव बैंक्वेटहरुको खाना र सेवाको गुणस्तरमा देखिन थालेको छ । यहाँ हुने बदमासीतर्फ सरकारी निकायको ध्यान पुग्न सकेको छैन । राजमार्गको होटलका खानाको समेत गुणस्तर नियन्त्रण गर्न असफल सरकारलाई बैंक्वेटका खनामा गुणस्तर नियन्त्रण गर्ने चुनौति थपिएको छ ।

 

शनिबार नयाँबजारको ‘नयाँ बजार पार्टी भेन्यु’ मा भएको घटना एउटा दृष्टान्त मात्र हो । उपभोक्ताले नै बोलाएपछि बैंक्वेटमा सरकारी अनुगमन टोली पुगेको थियो । तर, बदमासी गर्ने बैंक्वेटको पक्षमा लविङ गर्न घटनास्थलमै सांसद बसन्त मानन्धर पुग्नुले बैंक्वेटलाई सही बाटो हिँडाउन सहज छैन भन्ने प्रष्ट गरेको छ ।

 

विश्वास गुम्ने डर

पछिल्लो समयमा बैंक्वेटहरुमा बासी खाना खुवाउने प्रचलन बढेको पार्टी प्यालेस सञ्चालकहरु नै स्वीकार्छन् । पार्टी प्यालेसमा ठूला फि्रजहरु राखेर बचेका खाना राख्दै पाहुनालाई खुवाउन थालिएको एक व्यवसायीको भनाई छ । मूल्यमा अस्वस्थ प्रतिस्पर्धाका कारण यस्तो अवस्था आएको उनले तर्क गरे ।

 

पार्टी प्यालेसहरुको छाता संगठन इभेन्ट्स एन्ड भेन्यु एसोसिएसनका पूर्वअध्यक्ष श्रीमान सिंह पछिल्लो समय पार्टी प्यालेसहरुबारे आइरहेका गुनासो चिन्ताजनक रहेको बताउँछन् ।

 

‘यस्तो हुनु नपर्ने हो । गल्ती भयो भनेर माफी माग्ने विषय नै होइन । यो जानाजानी जनस्वास्थ्य माथिको खेलवाड हो,’ सिंह भन्छन्, ‘पार्टी प्यालेस होटल होइन । बासी खुवाउने हाम्रो कल्चर नै होइन । हामीले ग्राहक धेरै बटुलेको प|mेस खाना दिएर हो । यस्तो लापरवाही हुनु लज्जाजनक भयो ।’

 

उनकाअनुसार केही समयअघिसम्म पार्टी प्यालेसमा पाँचतारे होटलका सञ्चालकहले समेत आएर खाने गर्थे । बिशिष्ट व्यक्तिहरु अझै पनि पार्टी प्यालेसको खानामा विश्वास गर्छन् । अब यही स्थितिमा अघि बढे पार्टी प्यालेसमाथिको विश्वास नै गुम्ने डर पुराना व्यवसायीलाई छ ।

 

कुहिएका तरकारी, बाख्राको मासु

‘बिजनेस राम्रो हुने देखेपछि आफ्नै जग्गामा पार्टी प्यालेस बनाउने धेरै भए । मूल्य केही घट्यो । भाडामा बस्नेले सेवा शुल्कबाट धेरै बचाउन खानेकुरामा सम्झौता गरिदिन थाले,’ सिंह भन्छन्, ‘अब पार्टी प्यालेसहरुको राम्रोसँग सुपरभिजन हुनुपर्छ ।’

 

पछिल्लो समयमा पार्टी प्यालेसहरुले बजारमा गलेका, नबिकेका, तरकारी उठाउन थालेका छन् । पसलहरुबाट म्याद सकिएका र लेभल नै नलगाएका सस्ता खाद्यान्न तथा मसलाहरु ल्याउन थालेका छन् ।

 

केही राम्रो खाद्यपदार्थमा अधिकांश गुणस्तरहीन तरकारी तथा खाद्यान्न मिसाएर मिष्ठान्न तयार गर्ने प्रचलन बढ्दै गएको छ । तेल पनि सकेसम्म सस्तो र गुणस्तरीहन प्रयोग गर्ने क्रम बढेको छ ।

 

एक व्यवसायीका अनुसार कतिपय पार्टी प्यालेसले खसीको मासुको लागि बुकिङ लिएर बाख्राको समेत खुवाउने गरेका छन् । किलोमै ५ सय रुपैयाँसम्म सस्तो पर्ने भएपछि बैंक्वेटहरुले मासुमा पनि सम्झौता गर्न थालेका हुन् । मासु पसलहरुबाट नबिकेका मासु उठाएर ल्याउने प्रचलन पनि चिन्ताजनक रुपमा बढेको छ ।

 

एशोसियसनका अध्यक्ष अनिल शर्मा पार्टी प्यालेसको सेवामा प्रश्न उठ्ने अवस्था आउनु दुखःद भएको बताउँछन् । उनले यस्तो अवस्था आउन नदिन शनिबार भएको घटनाको समिति बनाएर छाविन गर्ने बताए ।

‘हाम्रो व्यवसाय जनस्वास्थ्यसँग जोडिएको छ । त्यसैले यसमा हेलचेक्र्याइँ हुनुहुँदैन,’ उनले भने, ‘बढेका विकृति नियन्त्रण गर्न संघले काम गर्छ । सरकारले पनि गर्नुपर्छ ।’

 

रेष्टुरेन्ट जोडेर बदमासी

पूर्वअध्यक्ष सिंह पार्टी प्यालेसहरु जिम्मेवार बन्नुपर्ने बताउँछन् । ‘पार्टी प्यालेस भनेको आजै पकाउने, आजै खाने र आजै सकाउने हो । अर्डर भएर पनि खाना सकिएन भने ग्राहकलाई नै घरमा खानेकुरा पठाउँछौं हामी,’ सिंह भन्छन्, ‘आजको खाना भोलि खुवाउने हो भने त हामी होटल भइहाल्यौं नी ।’

 

पछिल्लो समयमा यो क्षेत्रमा बढेको अर्को विकृति हो, पार्टी प्यालेसमै कुनै कुनामा होटल, रेष्टुरेन्ट र खाजाघर चलाउने । यसका कारण नै सबैभन्दा बढी समस्या आइरहेको अर्का एक व्यवसायीको तर्क छ ।

 

‘रेष्टुुरेन्टका लागि खाना-खाजा तयार गरेर राखिन्छन् । बिकेन भने फेरि भेन्युमा लगेर खुवाइन्छ,’ ती व्यवसायी भन्छन्, ‘पार्टीका बचेको खाना रेष्टुरेन्टका ग्राहकलाई पनि खुवाउन मिल्छ । यसले बासी खाना राख्ने संस्कृति बढेर गएको छ, नियन्त्रण गर्नुपर्छ ।’

 

संघका अध्यक्ष शर्मा भने पार्टी प्यालेसभित्रै होटल चलाउन नहुने बताउँछन् । दुई व्यवसायलाई बिल्कुलै फरक गरेर चलाउनुपर्ने उनको भनाइ छ । सँगै राख्दा विकृति बढेको उनको स्वीकारोक्ति छ ।

 

नेताका लगानी

काठमाडौंमा अहिले कति पार्टी प्यालेसहरु सञ्चालनमा छन् भन्ने एकिन तथ्यांक छैन । राम्रो कमाई हुने भएपछि एउटै पार्टी प्यालेसमा एउटै समयमा धेरै कार्यक्रम गर्न सकिने गरी विभिन्न आकार प्रकारका हलहरु तयार गरिएका छन् ।

 

धेरै हलहरु भएपछि विहान एउटा समारोहका लागि तयार गरिएको खाना बेलुकैसम्म अन्य कार्यक्रमका लागि आउनेहरुलाई दिने चलन छ ।
खेर गएको खाना पनि नफाली फ्रिजिङ गरेर राख्ने र हप्तौंसम्म बासी खानामाथि बासी खाना नै मिसाउने चलन बढेको छ ।

 

‘कमाइ छ भन्ने देखेपछि हस्पिटालिटीको कुनै अनुभव नै नभएका व्यक्तिहरु यो बिजनेसमा छिरेका छन् । राजनीतक दलका नेता र कार्यकर्ताको लगानी यस्ता पार्टी प्यालेसमा निकै उच्च दरमा बढेको छ,’ एक व्यवसायी भन्छन्, ‘नेताको आड पाएपछि जे गर्दा पनि हुन्छ भन्ने मनोविज्ञानले पनि यहाँ बदमासी गर्न प्रोत्साहन गरेको छ ।’

 

पार्टी प्यालेसमा समस्या बढ्नुमा अर्को कारण हो, व्यवस्थापनको कमजोरी । एउटै व्यक्तिले धेरै कमाउने प्रलोभनमा धेरै ठाउँमा पार्टी प्यालेसहरु खोलेका छन् । सँधैभरि एकनासको बिजनेस नहुने भएकाले धेरै कर्मचारी राख्न प्यालेसहरुलाई गाह्रो हुन्छ ।

 

त्यसैका कारण अनुभव नै नभएकाहरुले पार्टी प्यालेसहरु व्यवस्थापन गर्दै आएका छन् । खाना पकाउने सेफ र कुकहरु पनि पार्ट टाइमरका रुपमा राख्ने प्रचलन छ । त्यसले गर्दा स्वस्थकर खाना बनाउने कुरामा ध्यान दिने गरेको पाइँदैन ।

 

मनपरी सेवा शुल्क

पार्टी प्यालेसहरुको सेवा शुल्क मनलाग्दी छ । जोसँग जति सकिन्छ उति उठाउने गरी पार्टी प्यालेस सञ्चालकहरु लागेका छन् । शहरभरी एकै किसिमका हलमा पनि एउटै दरको सेवा शुल्क छैन । सरकारले पार्टी प्यालेस सञ्चालन गर्ने र सेवा शुल्क तोक्ने कुनै मापदण्ड पनि बनाएको छैन ।

 

यस्तो अवस्थाले पार्टी प्यालेसहरुमा विकृति मौलाएको छ । यसलाई रोक्न नसके पार्टी प्यालेसहरु राजमार्गका होटलभन्दा बढी गतिछाडा हुने सम्भावना बढेको व्यवसायीहरु नै स्वीकार्छन् ।अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस
रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी एयरलाइन्सले उडान गर्ने

    मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय