बैंकमा जम्मा गर्न लगेको सवा दुई लाख रुपैयाँ चोरी



हाम्रो इकोनोमि

 

रुपन्देहीको बुटवस्थित एभरेष्ट बैंकमा रकम जम्मा गर्न गएका एक व्यक्तिको दुई लाख २३ हजार रुपैयाँ चोरी भएको छ । बुटवलको एभरेष्ट बैंकमा रकम जम्मा गर्न गएका दिनेश ज्ञवालीको रकम बिहान साढे १० बजेतिर चोरिएको हो ।

 

नेपालगञ्ज रोडमा रहेको दूर्गा प्लाष्टिक हाउसका कर्मचारी दिनेशले बैंकभित्र रहेको टेबलमा पैसाको बिटो निकालेर राखी भौचर भर्दै गर्दा छेउमा रहेका अपरिचित व्यक्तिले रकम चोरेर भागेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले जानकारी दिए ।

 

रकम चोरी भएपछि बैंकको सीसीटीभीमा हेर्दा ज्ञवालीले पैसा राखेको टेबलको कुर्सीमा मधेसी मुलको जस्तो अनुहार भएका व्यक्ति बसेको देखिएको बैंकलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । रकम जम्मा गर्न गएका व्यक्तिको लापरवाहीका कारण रकम चोरी भएको डीएसपी मल्लले बताए । चोरी गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...