अस्पताल छाेडेर डाक्टर सडकमा : नारा लगाए ‘नेतागणको खेलमा, डाक्टरजति जेलमा’



 

 मुलुकी अपराध संहितामा रहेको व्यवस्था संशोधनको माग गर्दै देशभरका चिकित्सक आन्दोलित भएका छन् । नेपाल चिकित्सक संघको आह्वानमा आईतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प छन् । काठमाडौंमा प्रदर्शन भएको छ ।

 

माईतीघर मण्डलाबाट ठूलो संख्यामा चिकित्सहरु संसद भवन बानेश्वर भएकोतिर अघि बढ्दा ‘मुलुकी ऐन संशोधन गर’, ‘नेता गणको खेलमा, डाक्टरजति जेलमा’, ‘विरामी मार्नपाइँदैन, जनता ठग्न पाइँदैन’, ‘नेताको उपचार विदेशमा, गरिब नेपली मर्छन स्वदेशमा’ लगायत नारा लगाए । प्रदर्शनका क्रममा उनीहरूले विरामीका लागि अस्पताल खुल्लै रहेकाे समेत सुनाए ।

 

उनीहरुले बानेश्वमा कोणसभा गरेर मुलुकी अपराध संहितामा राखिएको प्राबधान तत्काल हटाउन भनेका छन् । यस्तै, डाक्टरहरुले आफुले विरामी जाँच्न अथवा उपचार गर्न लिएको अनुमतिपत्र ‘लाईसेन्स’नेपाल मेडिकल काउन्सीलमा बुझाउने कार्यक्रम समेत राखेका छन् ।

 

मुलुकी अपराध संहिता संशोधनको माग गर्दै देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।आफुहरुले बारम्बार भन्दा पनि सरकारले सुनेको नसुन्यै गरेको नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलले बताए ।

 

गएको भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचार गर्दा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भए अथवा अंगभंग भए पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुने भनिएको छ । चिकित्सकहरुले त्यो व्यवस्था संशोधनको माग गरिरहेका छन् ।

 

जंगबहादुर राणाले बनाएको मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको मुलुकी अपराध संहितामा डाक्टरको लापरवाहीको कारण बिरामीको मृत्यु भए वा अंगभंग भए कैद र जरिवानाको व्यवस्था गरिएको छ ।

 

चिकित्सकहरुले यो व्यवस्थाको विरोध गर्दै आफुहरुलाई ज्यानमारा र अपराधीको जस्तो व्यवहार गर्न खोजेको गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्