नेपाल चिकित्सकसघको आन्दोलन, देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प



 

नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ । डाक्टरहरुले आजै नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् ।

 

मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलले  भने, ‘सरकारले हाम्रा कुरा नसुनेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपर्‍यो ।’

 

उनका अनुसार मुलुकी अपराध संहिता संशोधनको माग गर्दै आइतबार बिहान १० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने र १२ बजेपछि काउन्सीललाई गएर आ-आफ्नो लाइसेन्स फिर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

 

भदौ एक गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था संशोधनको माग चिकित्सकहरुले राख्दै आएका छन् ।

 

पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको मुलुकी अपराध संहितामा डाक्टरको लापरवाहीको कारण बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

 

नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले सरकारले डाक्टरलाई ज्यानमारा र अपराधीको जस्तो व्यवहार गर्न खोजेको बताउँदै यस्तो अवस्थामा काम गर्न नसकिने बताए ।

डाक्टरको प्रश्न- पेशा परिवर्तन गरौं कि देशै छाडेर हिँडौं ?

उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा डाक्टरलाई जेल हाल्ने पछिल्लो कानुनी व्यवस्थाप्रति चिकित्सकहरुले आपत्ति जनाएका छन् । भदौ १ गतेबाट कार्यान्वयनमा आउने मुलुकी संहिताको यो कानुनी व्यवस्था संशोधन नभए डाक्टरले लाइसेन्स बुझाएर बस्ने चेतावनीसमेत सरकारलाई दिएका छन् ।

पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको मुलुकी अपराध संहितामा डाक्टरको लापरवाहीको कारण बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

नेपाल मेडिकल एसोसिएसनका महासचिव डा. लोचन कार्कीले अहिलेको व्यवस्था हेर्दा सरकारले डाक्टरलाई ज्यानमारा र अपराधीको जस्तो व्यवहार गर्न खोजेको भान हुने बताउँदै यस्तो अवस्थामा काम गर्न नसकिने बताए ।

डा. कार्कीले  भने, ‘यसलाई परिमार्जन गर्नुस् भनेर हामी सरकारलाई अनुरोध गर्छौं । त्यसबाट पनि भएन भने त लाइसेन्स लगेर स्वास्थ्य मन्त्रालयमा बुझाएर घर बस्नेबाहेक अरु उपाय रहँदैन ।’

यो व्यवस्था संशोधन नभए विकृति झन् बढ्ने उनले आशंका गरे । कार्कीले भने, ‘अहिले डाक्टरलाई हात हाल्ने र स्वास्थ्य संस्था तोडफोड गर्दै मोटो रकम असुलेर कमिसन खाने गिरोहसँग लड्नुपरिरहेको छ । यो व्यवस्था लागू भयो भने यो विकृति झन् बढ्छ ।’

बिरामी जाँचेको सय/पचास रुपैयाँ लिएर जीवनभर जेल बस्ने जोखिम मोल्न कोही पनि चिकित्सकहरु तयार नभएको कार्कीले बताए ।

अब पेशा नै परिवर्तन गर्नुपर्ने अवस्था आएकोप्रति डाक्टरहरु चिन्तित रहेको उनको भनाइ छ । उनले भने, ‘यसरी त हामी काम गर्नै सक्दैनौं भनेर डाक्टरहरुले भनिराख्नुभएको छ । अब पेशा नै परिवर्तन गर्ने हो कि, देशै छोडेर हिँड्ने हो कि भनेर डाक्टरहरु एकदमै चिन्तित छन् ।’

डा. कार्कीले अहिलेको कानुनी व्यवस्थाले स्वयम् बिरामीसमेत मर्कामा पर्ने बताए । डाक्टरहरु कारवाहीबाट जोगिन सामान्य समस्याको बिरामीको पनि धेरै प्रकारको परीक्षण गर्दा उपचार महंगो हुने र त्यसबाट बिरामी नै मर्कामा पर्ने उनको भनाइ छ ।

डा. कार्कीले भने, ‘बिरामीलाई सामान्य ज्वरो आयो भने पनि ज्वरो के-के कारणले आउन सक्छ भनेर अनेक प्रकारका अनुसन्धान गर्नुपर्ने हुन्छ । यसबाट स्वास्थ्य उपचार सेवा झन् महंगो हुन्छ, जुन नेपालको अहिलेको व्यवस्था र जनताको क्रयशक्तिले भ्याउँदैन ।’

डा. कार्कीको जस्तै धारणा छ नेपाल मेडिकल काउन्सिलका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलको पनि । चिकित्सा सेवा विशिष्ट प्राविधिक सेवा भएकाले कुनै पनि डाक्टरले जानाजान गल्ती नगर्ने पौडेल बताउँछन् । डाक्टरको उद्देश्य नै बिरामीको सेवा गर्नु हो भन्दै उनले अगाडि भने, ‘यसमा लापरवाही गर्ने र बदनियत राख्ने भने कुरै हुँदैन ।’

तर, कुनै कारणबस बिरामीको मृत्यु भएमा विज्ञ टोली बनाएर उचित राहत दिन भने सकिने उनले बताए । तर, विज्ञ नै नराखिकन र आफूहरुसँग परामर्शसमेत नगरिकन गरिएको कारवाहीको व्यवस्था खेदजनक भएको उनले बताए ।

डा. पौडेलले अनलाइनखबरसँग भने, ‘संसारमा कहिँ नभएको बदनियत, लापरवाही भन्ने शब्द प्रयोग गरी चिकित्सकहरुलाई अपराधीजस्तो संज्ञा दिइएकोमा हाम्रो घोर आपत्ति छ । यसविरुद्ध हामी कुनै पनि कदम चाल्न सक्छौं ।’

यसैवीच चिकित्सहरुले मुलुकी संहिताको प्रावधानको विरोधमा बैठकको आयोजना गर्न लागेको काउन्सिलका पदाधिकारीले जानकारी दिएका छन् ।

लापरवाहीले बिरामीको मृत्यु भए डाक्टरलाई ५ वर्ष जेल

उपचारका क्रममा बिरामीको मृत्यु हुँदा डाक्टरको लापरवाही भएको भन्दै नेपालका धेरै अस्पतालमा हुलदंगा र तोडफोड हुने गरेको छ । यस्ता विवादहरु धेरैजसो अस्पताल प्रशासनसँगको सहमतिमा टुंगिने गरेका छन् । मिलेमतोमा घटना सामसुम पारिँदा डाक्टरको लापरवाही हो वा होइन भन्नेसमेत थाहा हुँदैन । तर, अब भदौ १ देखि नयाँ मुलुकी संहिता आएपछि भने डाक्टरहरुले जेल जानुपर्ने हुन सक्छ ।

उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारबाहीको भरपर्दो व्यवस्था नहुँदा अहिलेसम्म यस्ता घटनामा चिकित्सकहरुमाथि कुनै कारवाही भएको छैन । तर, अब भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ मा डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएको पुष्टि भएमा त्यस्ता डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

उक्त ऐनको इलाजसम्बन्धी कसुरको दफा २३२ मा लापरवाही वा हेलचेक्र्याइ गरी इलाज गर्न नहुने उल्लेख गरिएको छ । त्यसमा भनिएको छ- ‘कानुनबमोजिम इलाज (उपचार) गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाई लापरवाही वा हेलचेक्र्याइँ गरी इलाज गर्न औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्नु हुँदैन ।’

यदि लापरवाहीपूर्ण कारणबाट ज्यान मर्न गएमा वा अंगभंग भएमा ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा व्यवस्था गरिएको छ । यदि हेलचेक्र्याइँबाट मृत्यु वा अंगभंग भएमा भने ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था गरिएको छ ।

हाल प्रचलनमा रहेको मुलुकी ऐन २०२० मा भने डाक्टरले उपचारमा लापरवाही गरेमा २ वर्षसम्म कैद वा ५ सय जरिवानाको व्यवस्था थियो । उक्त ऐनको इलाज गर्ने महलको ८ नम्बरमा भनिएको छ ‘औषधी चिरफार गर्ने, औषधी मिलाई खुवाउन पाउनेहरुले रोगीको फाइदाका निमित्त सो काम गर्दा होस नपुर्‍याई गफलत वेपर्वाही गरी बेकाइदासँग काम गरेकोबाट रोगी मर्न गएको वा जीउमा जखम हानी पीडा भएको ठहरेमा त्यस्तालाई ५ सय रुपैयाँसम्म जरिवाना वा दुई वर्ष कैद वा दुबै सजायँ हुन्छ ।’

यदि डाक्टरको लापरवाहीले कसैको ज्यान मारेर वा अंगभंग भएमा वा कुनै क्षति पुगेमा लापरवाही गर्ने डाक्टरले पीडितलाई क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था गरिएको छ । हाल प्रचलनमा रहेको मुलुकी ऐन २०२० मा उपचारमा लापरवाही गरेमा क्षतिपूर्तिको व्यवस्था छैन ।

मुलुकी ऐनमा भन्दा मुलुकी अपराध (संहिता) ऐनमा चिकित्सकको लापरवाहीको विषयमा स्पष्ट व्यवस्था र कारबाही कडा पारिएको छ । डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएमा पीडितले जहिलेसुकै पनि उजुरी गर्न सकिने व्यवस्था गरी हदम्याद हटाइएको छ ।

बदनियतपूर्वक उपचार गर्दा मृत्यु भए जन्मकैद

नेपालका कतिपय अस्पतालमा विरामीको व्यथा नै थाहा नपाई उपचार गरेको घटना पनि कहिलेकाहीँ हुने गरेका छन् । एउटा खुट्टामा गर्नुपर्ने अपरेसन अर्कै खुट्टामा गरेको, गलत रोगको उपचार गरेका उदाहरण पनि पाइएको छ । अब डाक्टरको यस्तो हेलचेक्र्याईले बिरामीको मृत्यु भएमा जन्मकैदसम्म हुन सक्ने व्यवस्था मुलुकी अपराध संहितामा गरिएको छ । यदि यस्तो हेलेचेक्र्याइँले अंगभंग भएमा भने १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ऐनमा गरिएको छ ।

ऐनको दफा २३१ मा बदनियत चिताई उपचार गर्नु भन्नाले निम्न अवस्था उल्लेख गरिएको छ-

ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गर्नु

एक किसिमको इलाज गर्नुपर्नेमा अर्को किसिमको गर्नु

ज्यान मर्छ भन्ने जानी जानी औषधी खुवाउनु वा सिफारिस गर्नु

एउटा अंग चिरफार गर्नुपर्नेमा अर्को अंग चिरफार गर्नु

त्यस्तो अंग बेकम्मा बनाउन वा शरीरबाट अलग गर्ने काम गर्नु ।

यस्तो कसुरबाट ज्यान मरेमा ज्यान मारेसरह अर्थात जन्मकैदसम्म र अंगभंग भएमा अंगभंग गराए सरह अर्थात १० वर्षसम्म कैद र एक लाख जरिवाना गर्ने व्यवस्था ऐनमा गरिएको छ ।

म्याद नाघेको औषधी बिक्री गरे १ वर्ष कैद

मुलुकी अपराध संहितामा म्याद नाघेको औषधी बिक्री वितरण गरेमा १ वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था राखिएको छ । यदि म्याद नाघेको औषधीले क्षति भएमा क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था छ ।

इलाज सम्बन्धी धेरैजसो कसुरमा उजुर गर्न पाउने हदम्याद पनि हटाइएको छ । डाक्टरको लापरबाहीले मृत्यु भएमा वा क्षति भएमा पीडित पक्षले जहिलेसुकै पनि उजुरी गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी एयरलाइन्सले उडान गर्ने

    मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय