डाक्टरहरुको आन्दोलनः भोलि नै सरकारलाई लाइसेन्स फिर्ता गर्ने तयारी



हाम्रो इकोनोमि

 

नेपाल चिकित्सक संघले भोलि नै डाक्टरहरुको प्रमाणपत्र (लाइसेन्स) मेडिकल काउन्सिलमा फिर्ता गर्ने भएको छ ।

१ भदौबाट कार्यान्वयमा आएको मुलुकी फौजदारी संहिता संशोधनको माग गर्दै संघले भोलि देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्न आहृवान गरेको छ ।

 

भोलि नै १० बजे माइतीघर मण्डला भेला हुने र मेडिकल काउन्सिल गएर प्रमाणपत्र बुझाइने संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले  बताए ।

 

संघले देशभरका चिकित्सकहरुलाई भदौ १५ सम्म आफ्नो प्रमाणपत्र बुझाउन भनेको थियो । अहिलेसम्म ३ हजार बढी चिकित्सकको प्रमाणपत्र जम्मा भएको र त्यसलाई भोलि काउन्सिलमा बुझाउन लागिएको श्रेष्ठले बताए ।

 

यसअघि भदौ १ मा नै चिकित्सकहरुले प्रमाणपत्र काउन्सिलमा बुझाउने बताएका थिए । तर, सरकारले मुलुकी ऐन संशोधनको आश्वासन दिएपछि रोकिएको थियो । ‘कानुन संशोधन कुन जति समय लाग्छ लिनुस् तर, प्रक्रिया त सुरु गर्नुस् भनेका थियौं’ श्रेष्ठले भने, ‘वार्तामा सकारात्मक कुरा भएपनि प्रक्रिया सुरु भएकाले हामीले चिकित्सकहरुको प्रमाणपत्र बुझाउन लागेका हौं ।’

 

उनकाअनुसार प्रमाणपत्र बुझाएपछि मेडिकल काउन्सिलले लिस्टबाट नहटाएसम्म डाक्टरहरुले उपचार गर्न सक्छन् । तर, बिहीबारदेखि भने देशभर आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने घोषणा चिकित्सक संघले गरेको छ ।

 

मुलुकी फौजदारी सहितामा उपचारका क्रममा लार्पवाहीले विरामीको मृत्यु भएमा ज्यान मुद्दा चलाउने प्रावधान छ । चिकित्सक संघले भने त्यसलाई संशोधन गरेर लार्पवाही भए नभएको विज्ञ समूहले अध्ययन गर्ने थप गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...