मल्टी भेन्यू पार्टी प्यालेसले खुवायो कुहिएको मासु ,सञ्चालकलाई बयानमा उपस्थित हुन पत्र



हाम्रो इकोनोमि

 

आजभोलि पार्टी प्यालेस र बैंक्वेट कल्चर निकै बढेको छ । घरकोठामा साँघुरो ठाउँ हुने भएकाले कुनै शुभकार्य गर्नुपर्‍यो भने पार्टी प्यालेसमा पुग्छौं ।
विभिन्न संघसंस्था र राजनीतिक दलका कार्यक्रमहरु पनि पार्टी प्यालेस तथा बैंक्वेटहरुमै हुन्छन् । तर, त्यहाँ खुनाइने खाना भने स्वस्थकर नहुने भेटिएको छ ।

शनिबार नयाँबजारस्थित ‘नयाँबजार मल्टी भेन्यू’मा एक सहकारीको साधारणसभा चल्दै थियो । कार्यक्रममा सहभागीहरुलाई खानाको पनि व्यवस्था थियो ।

तर, खानेकुराबाट शंकास्पद गन्ध आयो । झण्डै ३ सय व्यक्तिका लागि तयार गरिएको खानेकुरामा कैफियत रहेको आशंका लागेपछि एक पाहुनाले उपभोक्ताकर्मी माधव तिमिल्सिनालाई खबर गरे । उपभोक्ताकर्मीको टोली तत्कालै प्रहरीको साथमा बैंक्वेट पुगेपछि अस्वस्थकर खानेकुरा खुवाइएको खुलेको छ ।

कुहिएकै मासु पकाएको टोलीले भेट्टायो । लगतै आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीलाई बोलाइयो ।

सरकारी टोली पुगेपछि बैंक्वेटका सञ्चालक राजु महर्जनले बासी खानेकुरा र मासु खुवाएको भन्दै गल्ती स्वीकारे । बैंक्वेटको भान्छामा पनि फोहोर भेटिएको छ ।

सन् २०१५ मै म्याद सकिएका मसलाहरु प्रयोग भइरहेको तथा कुहिएका आलु, साग, सलादहरु फोहोर भेटिएका छन् । बैंक्वेटले प्रयोग गरेको प्रायः सबै खाद्यवस्तुमा लेभल समेत नभेटिएको उपभोक्ताकर्मी तिमल्सिनाले बताए ।

सरकारी टोलीले बैंक्वेटमा सिल गरेको छ र सञ्चालकलाई बयानमा लागि उपस्थित हुन पत्र थमाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...