भारतले विप्लवमाथि लगायो भारतीय माओवादीलाई हतियार सप्लाई गम्भीर आरोप, रेड कर्नर नोटिस जारी गर्ने तयारी



हाम्रो इकोनोमि

 

भारतीय प्रहरीले भारतीय नक्सलाइट माओवादीलाई नेपालबाट हतियार सप्लाई हुन गरेकाे अाराेप लगाएकाे छ। महाराष्ट्रा राज्यको पुलिसले भारतीय नक्सलाइट माओवादीलाई नेपालबाट हतियार सप्लाई हुने गरेको आरोप लगाएको हाे ।

 

शुक्रबार महाराष्ट्रा पुलिसका एडीजी परमवीर सिंहले पत्रकार सम्मेलन गरेर नेपालबाट भारतीय नक्सलाइट माओवादीलाई हतियार आउने गरेको तथ्य सार्वजनिक गरेका हुन्।

 

भारतीय माओवादीका नेता तथा समर्थकहरू रोना विल्सन, सुरेन्द्र गाडलिंग, सुधीर ढबले, शोमा सेन र महेश राउत पक्राउ परेपछि उनीहरूको कोठाबाट बरामद भएको दस्तावेजले अरु थुप्रै गोप्य कुराहरू खोलेको महाराष्ट्रा पुलिसका एडीजी सिंहले बताएका छ ।

 

महाराष्ट्रा पुलिसले नक्सलाइट माओवादीका नेताहरू बस्ने घरमा अप्रिल १७ तारिखमा छापामारेको थियो । पक्राउ पर्नेमा अधिकांश माओवादी नेताहरू प्रोफेसर, वकिल लगायतका क्षेत्रमा काम गर्दै आएका थिए । सिंहले नेपालका सप्लायर्सले हतियार भारतीय माओवादीलाई दिएको बताए पनि उनीहरूको नाम खोलेका छैनन् ।

 

यद्यपि भारतीय सुरक्षा निकायले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भारतीय नक्सलाइट माओवादीलाई हतियार दिने गरेको आरोप लगाउँदै आएको छ ।

 

भारतीय सुरक्षाका उच्च निकायले भारतीय नक्सलाइट माओवादीलाई हतियार सप्लाई हुन नदिन नेपालकाे सुरक्षा निकायसँग समन्वय गरी इन्टरपाेल मार्फत रेड कर्नर नाेटिस जारी गर्ने तयारीमा जुटेकाे छ।

 

उनीहरूले निर्वाचित सरकारलाई हटाएर नयाँ सरकार बनाउन खोजेको भनेर आरोप लगाइएको छ । उनीहरूका विरुद्ध देशद्रोहको अभियोगसहित अदालतमा मुद्दा दायर भएको इण्डिया टिभीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...