विप्लवका सयभन्दा बढी नेता कार्यकर्ता नेकपामा प्रवेश, प्रचण्डले भने अब सबै कम्युनिष्ट पार्टी एउटै बनाउँछु



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गर्ने बिषय भएको बताउनु भएको छ । अध्यक्ष निवास खुमलटारमा शनिवार बिहान नेत्रविक्रम चन्द नेतृत्वको समुह परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

 

अध्यक्षले भन्नुभयो, ‘कसैलाई रहर लागेर नेता हुन सक्ने होइन । इतिहास र जनताले आन्दोलनको क्रममा पार्टी, नेता र विचारको विकास गर्ने कुरा हो ।’ उहाँले आफूहरुले जनयुद्ध र शान्ति प्रक्रिया दुबैको नेतृत्व गरेको उल्लेख गर्दै लामो संघर्ष र बलिदान पछि देश गणतन्त्रको युगमा प्रवेश गरेको बताउनुभयो । अध्यक्षले भन्नुभयो, ‘अब हामी सामाजिक न्याय र समृद्धिको एउटा प्रक्रिया मार्फत समाजवादको तयारीमा छौं ।’

 

पार्टीमा नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले सबैलाई बिना पूर्वाग्रह उचित भूमिका दिईने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी छोडेर अन्य पार्टीमा गएर अनुभव हासिल गरेका तपाईं नेता तथा कार्यकर्ताहरु प्रति मेरो कुनै पूर्वाग्रह हुन्न ।’

 

नेत्रविक्रम चन्द नेतृत्वको समुह परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुमा गणतान्त्रिक खेलकूदका वरिष्ठ उपाध्यक्ष बिमला संग्रौला, भ्याली ब्यूरो सदस्य रामप्रसाद घिमिरे, काठमाडौं जिल्ला सदस्यहरु डिल्लीराम थपलिया, गोपाल खरेल, भक्तपुर जिल्ला सदस्य राजराम लाथेजु, काठमाडौं जिल्ला क्षेत्र नं. २ बाट माधव लामिछाने र विष्णु तिमल्सेना रहनुभएको छ ।

 

उहाँहरुले चन्द नेतृत्वको समुहले क्रान्तिका नाममा अराजकता फैलाउने र कार्यकर्ता अल्मलाउने मात्र कार्य गरेको बताउनुभयो । अबको समाजवादी क्रान्तिको नेतृत्व अध्यक्ष प्रचण्डबाट मात्र सम्भव देखिएको भन्दै आफूहरु नेकपामा प्रवेश गरेको उहाँहरुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...

रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...