बागबजारमै विप्लवको सैन्य प्रशिक्षण,ओली र प्रचण्ड बेखबर, गृहमन्त्री थापालार्इ ठाँडो चुनौती



हाम्रो इकोनोमि

 

सिंहदरबार’ राणाशासकहरूको विलासी निवास हो । राणाशासनको पतनसँगै यो निवास प्रजातान्त्रिक शक्तिको हातमा आयो । धन्न राणाशासकहरूले आफ्नै विलासिता र सुखसयलका लागि बनाइदिएकाले सातसालदेखिका प्रत्येक सरकारका प्रमुख प्रशासनिक केन्द्र यही सिंहदरबार बन्दै आएको छ ।

 

प्रजातान्त्रिक, पञ्चायती, लोकतान्त्रिकदेखि गणतान्त्रिककालका शासकहरूले यही दरबार उपरखुट्टी लगाएर जनतामाथि लगाव लगाउँदै आउन पाएका छन् ।

 

सिंहदबारकै नजिकै छ बागबजार । यसलाई निकै जनघनत्वको बजार मानिन्छ । तर मुलुकलाई पुनः युद्धमा धकेल्ने गरी आफ्नै छेउमा भएको सार्वजनिक महत्वको यति प्रशिक्षणबारे सिंहदरबार पत्तो पाउँदैन या पाएर पनि मौन छ ।

विप्लवका जिल्लातहदेखि पोलिटव्युरो स्तरका नेतारकार्याकर्तालाई पक्राउ जारी राखिएकै अवस्थामा विप्लव नेतृत्वको नेकपाले भने दुई तिहाईको सिंहदरबारलाई ठाडै चुनौती दिएको छ आन्तरीक रुपमा फौजी दस्ता तयार पार्ने निती अवलम्वन गरेर ।

सरकारले आफ्नो पार्टीका महासचिब नेत्रबिक्रम चन्द विप्लवसहितका नेतालाई पक्रन सर्कुलर जारी गरेको र प्रवक्तासहित अन्य नेता कार्यकर्तामाथि धरपकड गरी सार्वजनिक अपराध, चन्दालगायतका मुद्दा लगाउन थालिएकाले विद्रोहका लागि फौजि कार्यदिशासहित अघि बढ्ने योजना बनाइएको सो पार्टीका नेता मिसनल बताए ।

संसारमा कतिपय देशमा कम्युनिष्ट सरकारले नै कम्युनिष्टलाई सिध्याएको इतिहास रहेको र आफूहरूमाथि दमन गर्न थालिएकोले विद्रोह गर्नुको विकल्प नरहेको बताउँदै पूरा नाम नभन्ने शर्तमा ती नेताले भने–‘हाम्रो उद्देश्य एकीकृत जनक्रान्ति हो । यसका लागि बिद्रोह अबश्य हुन्छ । खाली हातले विद्रोह नहुने भएकाले सैन्य दस्ता तयार पार्न लागिएको हो रु’

उक्त पार्टीले संविधानसभा निर्वाचन र नयाँ संविधान लेखन स्थापित भएको वर्तमान राज्यव्यवस्थालाई पनि संसदीय व्यवस्थाको संज्ञा दिँदै यसको अन्त्यका लागि अर्को क्रान्ति अनिवार्य रहेको दावी गरेको छ । त्यसलाई उक्त पार्टीले एकीकृत जनक्रान्ति नाम दिएको छ ।

उक्त पार्टीको दस्तावेजमा शहरबाट गरिने जनविद्रोह वा गाउँबाट गरिने दीर्घकालीन जनयुद्धको कार्य निर्देशिका प्रयोग गरेर क्रान्ति सम्पन्न गर्न सम्भव नहुने जिकीर गर्दै एकीकृत जनक्रान्तिको

कार्य निर्देशिका भनिएको छ –‘तसर्थ क्रान्तिकारीहरुले आजको राजनीतिक विशेषता र अन्तरविरोधहरुलाई पकडेर कार्य निर्देशिका विकास अनिवार्य रुपले गर्नैपथ्र्यो । हामीले सोही दृष्टिकोण र अध्ययनका आधारमा नेकपा ९माओवादी० पुनर्गठन गरेपछि नेपाली राजनीतिक क्रान्तिको कार्यदिशा एकीकृत जनक्रान्ति संश्लेषण गरेका छौं ।’

आफ्नो पार्टीमा ७५ जना केन्द्रिय सदस्य र १२ लाख संगठित कार्यकर्ता रहेको दावी गरे पनि ती नेताले सैन्य प्रशिक्षण र दस्ता निर्माणबारे सबै कुरा खोल्न चाहेनन् । उनले यति मात्र भने–‘दलाल व्यबस्थाको अन्त्यका लागि जनसेना त चाहिहाल्छ नि १ हामीमाथि दमन बढाइरहने हो भने फेरी छिट्टै क्रान्तिको सुरु हुनसक्छ ।’

स्मरणीय छ, २०७३ सालको फागु्नमा रोल्पाको थवाङमासो पार्टीको आठौँ महाधिवेशन सम्पन्न भएको थियो । उक्त महाधिवेशनबाट फौजीकार्य निर्देशिका सम्वन्धी छुट्टै दस्तावेज पारित नगरिए पनि सैद्धान्तिक रूपमा भनिएको थियो–‘संसदीय राज्यसत्तालाई फालिसकेपछि जनताको राजनीतिक व्यवस्था नयाँ जनवाद, वैज्ञानिक समाजवाद स्थापना हुनेछ । कम्युनिस्ट पार्टीको नेतृत्व, जनवादी पार्टीहरूको प्रतिस्पर्धा र जनताको प्रत्यक्ष नियन्त्रणमा यो सञ्चालित हुनेछ ।’ नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...