बागबजारमै विप्लवको सैन्य प्रशिक्षण,ओली र प्रचण्ड बेखबर, गृहमन्त्री थापालार्इ ठाँडो चुनौती



 

सिंहदरबार’ राणाशासकहरूको विलासी निवास हो । राणाशासनको पतनसँगै यो निवास प्रजातान्त्रिक शक्तिको हातमा आयो । धन्न राणाशासकहरूले आफ्नै विलासिता र सुखसयलका लागि बनाइदिएकाले सातसालदेखिका प्रत्येक सरकारका प्रमुख प्रशासनिक केन्द्र यही सिंहदरबार बन्दै आएको छ ।

 

प्रजातान्त्रिक, पञ्चायती, लोकतान्त्रिकदेखि गणतान्त्रिककालका शासकहरूले यही दरबार उपरखुट्टी लगाएर जनतामाथि लगाव लगाउँदै आउन पाएका छन् ।

 

सिंहदबारकै नजिकै छ बागबजार । यसलाई निकै जनघनत्वको बजार मानिन्छ । तर मुलुकलाई पुनः युद्धमा धकेल्ने गरी आफ्नै छेउमा भएको सार्वजनिक महत्वको यति प्रशिक्षणबारे सिंहदरबार पत्तो पाउँदैन या पाएर पनि मौन छ ।

विप्लवका जिल्लातहदेखि पोलिटव्युरो स्तरका नेतारकार्याकर्तालाई पक्राउ जारी राखिएकै अवस्थामा विप्लव नेतृत्वको नेकपाले भने दुई तिहाईको सिंहदरबारलाई ठाडै चुनौती दिएको छ आन्तरीक रुपमा फौजी दस्ता तयार पार्ने निती अवलम्वन गरेर ।

सरकारले आफ्नो पार्टीका महासचिब नेत्रबिक्रम चन्द विप्लवसहितका नेतालाई पक्रन सर्कुलर जारी गरेको र प्रवक्तासहित अन्य नेता कार्यकर्तामाथि धरपकड गरी सार्वजनिक अपराध, चन्दालगायतका मुद्दा लगाउन थालिएकाले विद्रोहका लागि फौजि कार्यदिशासहित अघि बढ्ने योजना बनाइएको सो पार्टीका नेता मिसनल बताए ।

संसारमा कतिपय देशमा कम्युनिष्ट सरकारले नै कम्युनिष्टलाई सिध्याएको इतिहास रहेको र आफूहरूमाथि दमन गर्न थालिएकोले विद्रोह गर्नुको विकल्प नरहेको बताउँदै पूरा नाम नभन्ने शर्तमा ती नेताले भने–‘हाम्रो उद्देश्य एकीकृत जनक्रान्ति हो । यसका लागि बिद्रोह अबश्य हुन्छ । खाली हातले विद्रोह नहुने भएकाले सैन्य दस्ता तयार पार्न लागिएको हो रु’

उक्त पार्टीले संविधानसभा निर्वाचन र नयाँ संविधान लेखन स्थापित भएको वर्तमान राज्यव्यवस्थालाई पनि संसदीय व्यवस्थाको संज्ञा दिँदै यसको अन्त्यका लागि अर्को क्रान्ति अनिवार्य रहेको दावी गरेको छ । त्यसलाई उक्त पार्टीले एकीकृत जनक्रान्ति नाम दिएको छ ।

उक्त पार्टीको दस्तावेजमा शहरबाट गरिने जनविद्रोह वा गाउँबाट गरिने दीर्घकालीन जनयुद्धको कार्य निर्देशिका प्रयोग गरेर क्रान्ति सम्पन्न गर्न सम्भव नहुने जिकीर गर्दै एकीकृत जनक्रान्तिको

कार्य निर्देशिका भनिएको छ –‘तसर्थ क्रान्तिकारीहरुले आजको राजनीतिक विशेषता र अन्तरविरोधहरुलाई पकडेर कार्य निर्देशिका विकास अनिवार्य रुपले गर्नैपथ्र्यो । हामीले सोही दृष्टिकोण र अध्ययनका आधारमा नेकपा ९माओवादी० पुनर्गठन गरेपछि नेपाली राजनीतिक क्रान्तिको कार्यदिशा एकीकृत जनक्रान्ति संश्लेषण गरेका छौं ।’

आफ्नो पार्टीमा ७५ जना केन्द्रिय सदस्य र १२ लाख संगठित कार्यकर्ता रहेको दावी गरे पनि ती नेताले सैन्य प्रशिक्षण र दस्ता निर्माणबारे सबै कुरा खोल्न चाहेनन् । उनले यति मात्र भने–‘दलाल व्यबस्थाको अन्त्यका लागि जनसेना त चाहिहाल्छ नि १ हामीमाथि दमन बढाइरहने हो भने फेरी छिट्टै क्रान्तिको सुरु हुनसक्छ ।’

स्मरणीय छ, २०७३ सालको फागु्नमा रोल्पाको थवाङमासो पार्टीको आठौँ महाधिवेशन सम्पन्न भएको थियो । उक्त महाधिवेशनबाट फौजीकार्य निर्देशिका सम्वन्धी छुट्टै दस्तावेज पारित नगरिए पनि सैद्धान्तिक रूपमा भनिएको थियो–‘संसदीय राज्यसत्तालाई फालिसकेपछि जनताको राजनीतिक व्यवस्था नयाँ जनवाद, वैज्ञानिक समाजवाद स्थापना हुनेछ । कम्युनिस्ट पार्टीको नेतृत्व, जनवादी पार्टीहरूको प्रतिस्पर्धा र जनताको प्रत्यक्ष नियन्त्रणमा यो सञ्चालित हुनेछ ।’ नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस
रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी एयरलाइन्सले उडान गर्ने

    मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय