दिल्ली एयरपोर्टमा डन दावा लामा पक्राउ



हाम्रो इकोनोमि

 

 नेपाल तरुण दल काभ्रेपलाञ्चोकका अध्यक्ष दावा लामा भारतमा नियन्त्रणमा परेका छन्। भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको अध्यागन अधिकारीहरुले लामालाई नियन्त्रणमा लिएका हुन्।

दुवईबाट दिल्ली हुँदै सिक्किम जाने क्रममा रहेका लामालाई अध्यागमन अधिकारीहरुले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको उनीसँगै रहेका तस्विर लामाले जानकारी दिए। दावा लामा, तस्विर लामा र प्रविण खड्का फ्लाई इमिरेट्सबाट दिल्लीमा ८:५०मा आइपुगेका थिए।

दिल्लीबाट पश्चिम वंगालको वागडुला हुँदै ३ जना नै सिक्किम जाँदै थिए। लामाको सिक्किममा क्यासिनोमा लगानी रहेको बताइन्छ।

अध्यागमन अधिकारीहरुले लामाको पासपोर्ट लिएका छन् भने उनलाई अध्यागमनको सोधपुछ कक्षमै राखिएको छ। उनलाई वाहिर जान दिइएको छैन।

नेपाली कांग्रेसबाटै प्रदेश सभाको उमेद्वार भएका काभ्रेका गणेश लामालाई पक्राउ गरिए लगत्तै उनीसँगै उठबस भएका दावा लामालाई पनि प्रहरीले खोजी गरिहेको थियो। गणेश लामा यसअघी नै सम्पति शुद्धिकरणको मुद्धामा दोषी ठहर भइ जेल चलान भएका छन्।

लामालाई भारतीय अध्यागमनमा नियन्त्रणमा लिइएको बारेमा नेपाल प्रहरीले केहि बोलेको छैन। तर प्रहरी स्रोतका अनुसार उनलाई इन्टरपोल मार्फत खोजि गरिएको कारणले नै भारतीय अध्यामगनले नियन्त्रणमा लिएको हुनसक्ने बताएको छ।

नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले लामालाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गराइएको बताए। उनले तरुण दलमा आवद्ध यूवाहरुलाई राजनीतिक प्रतिशोध राखि पक्राउ गर्ने कि सरकारलाई समर्थन गरेर नेकपामा आउन दवाव दिने कार्य भइरहेको जनाए। अध्यक्ष बस्नेतले यूवाहरुलाई तर्साउने र धम्क्याउने काम बन्द गर्न सरकारलाई चेतावनी दिए।

यसअघी प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेको भनिएका दावा लामाका सहयोगी सत्यमान लामा असार २८मा पक्राउ परेका थिए। लामाको ‘मुन्सी’को रुपमा काम गर्दै आएका सत्यमान लामालाई काभ्रेकै नेकपाका सांसद नविना लामाले छुटाएकी थिइन।

प्रहरीले आफूलाई उच्च निगरानीमा राखेको सूचना पाएसँगै दावा लामा काठमाडौं छाडेर भारतको सिक्कीममा बस्न थालेपछि उनको नेपालको कारोबार सत्यमानले सम्हाल्दै आएको स्रोत बताउँछ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन: स्वीकृतिका लागि राष्ट्रपतिलाई पठाउने

  सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुन: सिफारिस गरेको छ ।...

सरकारद्वारा ५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार

    सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण...