भाइरलले सिन्धुलीमा तीन बालबालिकाको मृत्यु



हाम्रो इकोनोमि

 

पछिल्लो दुई सातादेखि सिन्धुलीमा देखिएको मौसमी भाइरलको संक्रमणका कारण तीन बालबालिकाहरुको मृत्यु भएको छ। उपचारका लागि सिन्धुली अस्पतालतर्फ ल्याउँदै गर्दा बाटौमै उनीहरूको मृत्यु भएको अस्पतालले जनाएको छ। एम्बुलेन्समार्फत उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको सिन्धुली अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतमले बताइन्।

 

मृत्यु हुने बालबालिका कमलाखोंच र मरिण क्षेत्रका भए पनि उनीहरूको पहिचान खुलाइएको छैन। बालबालिकामा भाइरल एन्फ्लुएन्जाको संक्रमण आशंका गरिए पनि प्रमाणित नभएको उनको भनाइ छ। पछिल्लो दुई सातायता ५६२ बालबालिकाहरूमा श्वासप्रश्वाससम्बन्धी भाइरल संक्रमण देखिएको छ।

 

विशेषगरी पाँच वर्षमुनिका बालबालिकामा यस्तो संक्रमण देखिएको छ। संक्रमणमा परेका बालबालिकामा रुघाखोकी, जरो, छातीमा इन्फेक्सन तथा घाँटीमा समस्या देखिने गरेको छ। वर्षायाम, अत्यधिक, गर्मी र चिसोको सुरुवात भएर मौसममा परिवर्तन आउन थालेपछि यस्तो रोगको संक्रमण हुनथालेको उनको भनाइ छ। भाइरलको संक्रमणमा परेका बालबालिकाहरूको ल्याब परीक्षणमा भाइरल एन्फ्लुएन्जाको संक्रमण नभएपनि घाँटीमा भने गम्भीर समस्या देखा परेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...

रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...