कर्मचारीमाथि कडा निगरानी राख्न अनुसन्धान शाखा स्थापना



हाम्रो इकोनोमि

 

 

कार्यालय समयमा कर्मचारीहरुले मन लगाएर काम नगर्ने र कार्यालयको काम भन्दा अन्य कुरामा बढी भुलिने गरेको गुनासो नागरिकले गर्ने गरेका छन् ।

 

यसै गुनासोलाई सम्वोधन गर्न र भन्सार छलीमा सघाउने कर्मचारीहरुविरुद्ध मुद्दा दायर हुन थालेपछि भन्सार विभागले आफ्ना कर्मचारीहरुमाथि निगरानी गर्न अनुसन्धान शाखा स्थापना गरेको छ । विभागको नयाँ संरचनाअन्र्तगत सो शाखा स्थापना गरिएको हो ।

भर्खरै मात्र नयाँ शाखा स्थापना गरिएको विभागका नायब महानिर्देशक नारायण सापकोटा बताउँछन् । जसले मातहतका कर्मचारीहरुको निगरानी गर्नुका साथै उजुरी उपर समेत अनुसन्धान गर्नेछ । भन्सार छलीलाई नियन्त्रण गर्न सो शाखा स्थापना गरिएको विभागले जनाएको छ ।

दुई साताअघि मात्र राजश्व अनुसन्धान विभागले नेपालगञ्ज भन्सार कार्यालयका सात कर्मचारीविरुद्ध राजश्व चुहावटको मुद्दा दायर गरेको थियो ।

 

नक्कली प्रज्ञापनपत्रका आधारमा सामान आयात गर्ने गिरोहसँग मिलेमतो देखिएपछि विभागले मुद्दा दायर गरेको हो । हाल रसुवा तथा वीरगंज भन्सार कार्यालयका कर्मचारीमाथि समेत विभागले अनुसन्धान गरीरहेको छ ।

विभागले राजश्व चुहावट नियन्त्रण ऐनअनुसार कार्बाही गर्न थालेपछि कर्मचारीहरुलाई समेत प्रतिवादी बनाउन थालिएको हो । ऐनमा कर्मचारीको मिलेमतो देखिएकोमा उनीहरुविरुद्ध समेत मुद्दा चलाउन सकिने प्रावधान छ ।

 

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...