कर्मचारीमाथि कडा निगरानी राख्न अनुसन्धान शाखा स्थापना



हाम्रो इकोनोमि

 

 

कार्यालय समयमा कर्मचारीहरुले मन लगाएर काम नगर्ने र कार्यालयको काम भन्दा अन्य कुरामा बढी भुलिने गरेको गुनासो नागरिकले गर्ने गरेका छन् ।

 

यसै गुनासोलाई सम्वोधन गर्न र भन्सार छलीमा सघाउने कर्मचारीहरुविरुद्ध मुद्दा दायर हुन थालेपछि भन्सार विभागले आफ्ना कर्मचारीहरुमाथि निगरानी गर्न अनुसन्धान शाखा स्थापना गरेको छ । विभागको नयाँ संरचनाअन्र्तगत सो शाखा स्थापना गरिएको हो ।

भर्खरै मात्र नयाँ शाखा स्थापना गरिएको विभागका नायब महानिर्देशक नारायण सापकोटा बताउँछन् । जसले मातहतका कर्मचारीहरुको निगरानी गर्नुका साथै उजुरी उपर समेत अनुसन्धान गर्नेछ । भन्सार छलीलाई नियन्त्रण गर्न सो शाखा स्थापना गरिएको विभागले जनाएको छ ।

दुई साताअघि मात्र राजश्व अनुसन्धान विभागले नेपालगञ्ज भन्सार कार्यालयका सात कर्मचारीविरुद्ध राजश्व चुहावटको मुद्दा दायर गरेको थियो ।

 

नक्कली प्रज्ञापनपत्रका आधारमा सामान आयात गर्ने गिरोहसँग मिलेमतो देखिएपछि विभागले मुद्दा दायर गरेको हो । हाल रसुवा तथा वीरगंज भन्सार कार्यालयका कर्मचारीमाथि समेत विभागले अनुसन्धान गरीरहेको छ ।

विभागले राजश्व चुहावट नियन्त्रण ऐनअनुसार कार्बाही गर्न थालेपछि कर्मचारीहरुलाई समेत प्रतिवादी बनाउन थालिएको हो । ऐनमा कर्मचारीको मिलेमतो देखिएकोमा उनीहरुविरुद्ध समेत मुद्दा चलाउन सकिने प्रावधान छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...