नेपाल र भारतबीच रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गबारे सम्झौता



हाम्रो इकोनोमि

 

नेपाल र भारतबीच रक्सौल-काठमाडौं विद्युतीय रेलमार्गको इञ्जिनियरिङ अध्ययनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रवार भएको भेटवार्तापछि सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुवै प्रधानमन्त्रीको उपस्थितमा नेपलका तर्फबाट रेल विभागका महानिर्देशक अनन्त आचार्य र भारतका तर्फबाट राजदूत मञ्जीभसिंह पूरीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार रक्सौल-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन हुनेछ ।

सम्झौताअघि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता भएको थियो ।

भेटमा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धबारे छलफल भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...