१६ तोला सुनसहित एक व्यक्ति पक्राउ



हाम्रो इकोनोमि

 

 

सुनसरीबाट १६ तोला बढी सुनसहित एक कारोबारी पक्राउ परेका छन्।

 

सुन तस्करीमा संलग्न तफेजुल अन्सारीलाई सशस्त्र प्रहरीले सुनसरीको हरिनगर गाउँपालिकाअन्तर्गत पर्ने भारतीय सीमावर्ति क्षेत्र घुस्कीबाट १६ तोला सुनसहित पक्राउ गरेको हो।

 

घुस्की बिओपी इन्चार्ज प्रहरी निरीक्षक दिलीपकुमार पन्तका अनुसार चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको बिआर ३८ जे ४७०० नम्बरको मोटरसाइकलमा सवार अन्सारीको साथबाट सुन बरामद गरिएको हो।

 

सुनसहित मोटरसाइकल र चालक सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको सशस्त्रले जनाएको छ।

 

सुनसरी नाकाबाट तस्करीको सुन बरामद भएको घटना पहिलो नभए पनि निकै लामो समयपश्चात् सुनसहित तस्करमा संलग्न व्यक्ति पक्राउ परेको सशस्त्र प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...