१६ तोला सुनसहित एक व्यक्ति पक्राउ



 

 

सुनसरीबाट १६ तोला बढी सुनसहित एक कारोबारी पक्राउ परेका छन्।

 

सुन तस्करीमा संलग्न तफेजुल अन्सारीलाई सशस्त्र प्रहरीले सुनसरीको हरिनगर गाउँपालिकाअन्तर्गत पर्ने भारतीय सीमावर्ति क्षेत्र घुस्कीबाट १६ तोला सुनसहित पक्राउ गरेको हो।

 

घुस्की बिओपी इन्चार्ज प्रहरी निरीक्षक दिलीपकुमार पन्तका अनुसार चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको बिआर ३८ जे ४७०० नम्बरको मोटरसाइकलमा सवार अन्सारीको साथबाट सुन बरामद गरिएको हो।

 

सुनसहित मोटरसाइकल र चालक सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको सशस्त्रले जनाएको छ।

 

सुनसरी नाकाबाट तस्करीको सुन बरामद भएको घटना पहिलो नभए पनि निकै लामो समयपश्चात् सुनसहित तस्करमा संलग्न व्यक्ति पक्राउ परेको सशस्त्र प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख