भारतीय प्रधानमन्त्री मोदी पछि किन आए राहुल गान्धी काठमाडौ ? यस्तो छ कारण



हाम्रो इकोनोमि

 

 

भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी नेपाल आएका छन्। शुक्रबार दिउँसो गान्धी काठमाडौं आइपुगेका हुन्।

राहुल निजी भ्रमणका लागि नेपाल आएका हुन्। उनी नेपाल हुँदै तिब्बतको कैलाश मानसरोबर जाने बुझिएको छ। गान्धी इन्डिगोको जहाजबाट भर्खरै काठमाडौं आएका हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएकै बेला विपक्षी दलका नेतासमेत रहेका गान्धी नेपाल आइपुगेका हुन्।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलन सहभागी हुन आएका मोदी आज स्वदेश फर्किदै छन् ।

गान्धी सामान्य ढंगले दुई सहयोगीको साथमा नेपाल आएका हुन् । शुक्रबार काठमाडौंमै बस्ने र शनिबार नेपालगञ्ज जाने कार्यक्रम सार्वजनिक भए पनि अन्य   भ्रमण तालिका भने सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...