स्वदेश फर्किइन् बंगलादेशकी प्रधानमन्त्री हसिना, भारतका मोदी र म्यानमारका मिन्ट पनि आजै फर्कने



हाम्रो इकोनोमि

 

 

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका विदेशी पाहुनाहरुको स्वदेश फर्कने क्रम शुरु भएको छ ।

बिमस्टेकका लागि नेपाल आएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना आज स्वदेश फर्किएकी छन् ।

सम्मेलन सकिए लगतै हसिना स्वदेश फर्किएकी हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बिदाइ गरेका थिए ।

म्यानमारका यिन मिन्ट ४ बजे र भारतका नरेन्द्र मोदी साँझ ६ बजे फर्किने तालिका भएको विमानस्थलको सुरक्षा निकायले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...